What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

कोरोनाबाट मृत्यु भएकी महिलाको शिशुलाई पूर्वमन्त्रीकाे सहयोग
What To Know
- काठमाडाैँ । पूर्वमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले कोरोनाको कारण आमा गुमाएको नवजात शिशुको पौष्टिक आहारका लागि रु ५० हजार आर्थिक सहयोगको घोषणा गर्नुभएको छ । सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय सुत्केरी महिलाको जेठ ३ गते शनिबार धुलिखेल अस्पतालमा निधन भएको थियो ।.
- पूर्वमन्त्री बस्नेतले आज जारी गर्नुभएको विज्ञप्तिमा नौ दिनमा आमा गुमाएका शिशुको स्वास्थ्य सुधार एवं पौष्टिक आहारका लागि सहयोग गरी कक्षा एकदेखि १२ सम्म निःशुल्क पढाउने तथा त्यसपछि रोजगारीको व्यवस्था गर्ने घोषणा गर्नुभएको हो । शिशुका बुबा काठमाडौँमा सुरक्षा गार्डको काम गर्दै आउनुभएको जनाइएको छ ।.
काठमाडाैँ । पूर्वमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले कोरोनाको कारण आमा गुमाएको नवजात शिशुको पौष्टिक आहारका लागि रु ५० हजार आर्थिक सहयोगको घोषणा गर्नुभएको छ । सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय सुत्केरी महिलाको जेठ ३ गते शनिबार धुलिखेल अस्पतालमा निधन भएको थियो ।
पूर्वमन्त्री बस्नेतले आज जारी गर्नुभएको विज्ञप्तिमा नौ दिनमा आमा गुमाएका शिशुको स्वास्थ्य सुधार एवं पौष्टिक आहारका लागि सहयोग गरी कक्षा एकदेखि १२ सम्म निःशुल्क पढाउने तथा त्यसपछि रोजगारीको व्यवस्था गर्ने घोषणा गर्नुभएको हो । शिशुका बुबा काठमाडौँमा सुरक्षा गार्डको काम गर्दै आउनुभएको जनाइएको छ ।
शिशुको परिवारको आर्थिक अवस्था समेत राम्रो नभएकाले सहयोग गरिएको विज्ञप्तिमा उल्लेख छ । कोरोनाबाट नेपालमा पहिलो मृत्यु भएकी महिलाका जेठा छोरा ११ वर्षका छन् । महिलाको शनिबार राति पशुपतिमा दाहसंस्कार गरिएको थियो ।