सोमवार ६२ थप सङ्क्रमण, कुल सङ्क्रमित ३५७

काठमाडाैँ । नेपालमा सोमवार ६२ जनाको सङ्क्रमण पुष्टि भएपछि कुल सङ्क्रमित सङ्ख्या ३५७ पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सोमवार अपराह्ण थप ५३ जनामा सङ्क्रमण पुष्टि गर्नुभएकाे हाे ।

यसअघि सोमवार बिहान मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत नौ जनाको सङ्क्रमण पुष्टि गरेको थियो।

डा. देवकोटाले बाँके जिल्लामा ४६ जना पुरुष र एक महिलाको भेरी अस्पतालको प्रयोगशालामा, मोरङका एक जना पुरुषको विराटनगर प्रादेशिक प्रयोगशालामा, गुल्मीका एक पुरुष भैरहवाको प्रयोगशालामा र धुलिखेल अस्पतालको प्रयोगशालामा धनुषा, रौतहट, धादिङ र दाङका एक-एक जना पुरुषको सङ्क्रमण पुष्टि भएको बताउनुभयाे।

“उहाँहरू सबै जना १८ वर्षदेखि ४६ वर्ष उमेर समूहका हुनुहुन्छ,” उहाँले बताउनुभयाे।

अब नेपालमा ३१ जिल्लाका नागरिकहरू सङ्क्रमित भएका छन्।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *