कर्णालीमा पनि भेटिए काेराेना संक्रमित

काठमाडाैँ । देशभर कोरोनाभाईरसबाट संक्रमित हुनेको संख्या ३७५ पुगेको छ ।

सोमबार अबेर राति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको बिज्ञप्तीमा थप १८ जनामा कोरोनाभाईरस संक्रमण पुष्टी भएको उल्लेख छ । संक्रमितमध्ये १२ जना बाँकेको नरैनापुरका रहेका छन् भने धनुषाका २ र खोटाङ, दैलेख, सुनसरी र झापाका १/१ जना छन् । संक्रमित १८ जना नै पुरुष रहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाईएको छ ।

आज दिनभर ८० जना नयाँ संक्रमित पुष्टी भएका हुन् । आजै मात्र कर्णाली प्रदेशकै पहिलो संक्रमित दैलेखका बासिन्दा भेटिएका हुन् ।

मन्त्रालयका अनुसार संक्रमणको पछिल्लो नतिजा काठमाण्डौस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, धरानको बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान, नेपालगञ्जस्थित भेरी अस्पताल, बिराटनगरस्थित कोशी अस्पतालमा गरिएका परिक्षणपश्चात देखिएको हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *