नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

बौरिँदै इटाली, जुन पहिलो हप्तादेखि अन्तर्राष्ट्रिय उडान
एजेन्सी । इटालीले आगामी जुनको पहिलो हप्तादेखि अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने तयारी गरेको छ । इटाली सरकारले शनिवार अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने सम्बन्धी मापदण्ड स्वीकृत गरेको छ । कोरोना भाइरसको महामारीले विश्वमै सबैभन्दा कठोर लकडाउन व्यवस्था गरेको इटालीको स्वीकृत मापदण्ड बमोजिम जुन ३ देखि अन्तर्राष्ट्रिय उडान भर्ने अनुमति दिइएको हो । जुन ३ देखि इटालीमा आन्तरिक यात्रामा लगाइएको प्रतिबन्ध समेत पूर्णरुपमा हटाइने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रधानमन्त्री जिसेप कोन्टेले संक्रमणको दोस्रो तरङ्ग रोक्न जनजीवन सहज बनाउन यसप्रकारको व्यवस्था गर्न लागिएको बताएका छन् । इटालीमा कोरोना संक्रमणबाट ३१ हजार ६०० जनाको मृत्यु भएको छ । मार्च ४ देखि लागू हुनेगरी देशव्यापी घुमफिरमा प्रतिबन्ध लगाउने इटाली पहिलो यूरोपेली राष्ट्र हो । मे ४ मा इटालीले उद्योग र पार्क खुला गर्ने निर्णय गरेको थियो । आइतवारदेखि साना–ठूला व्यापार व्यवसाय खुल्दै छन् । र, आइतवारदेखि नागरिकले आ–आफ्नो क्षेत्रका आफन्तसम्म पुग्न पाउनेछन् । जुन २ मा इटालीको गणतन्त्र दिवस पर्छ । गणतन्त्र दिवसलाई ध्यानमा राखेर जुन ३ देखि अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिने जनाइएको छ ।