What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

टीका विद्या आश्रमलाई घाँसी नेपालकाे खाद्यान्न सहयाेग
What To Know
- काठमाडौं । लामो समयदेखि शिक्षा क्षेत्रमा काम गरिरहेको संस्था घाँसी नेपालले सानेपास्थति टीका विद्या आश्रममा खाद्यान्न सामग्री वितरण गरेको छ । कोरोना संक्रमण फैलिन नदिन जारी लकडाउनका कारण समस्यामा परेका विपन्न वर्गलाई लक्षित गरी आश्रमले सञ्चालन गरेकाे नि.
- शुल्क खाना वितरण कार्यक्रमका लागि सोमबार घाँसी नेपालले खाद्यान्न सामग्री वितरण गरेको हो । आश्रमले प्रत्येक दिन बिहान-बेलुकी खाना तयारी गरी खानाको अभावमा भोका परेकालाई निः शुल्क खाना खुवाउँदै आएको छ ।.
काठमाडौं । लामो समयदेखि शिक्षा क्षेत्रमा काम गरिरहेको संस्था घाँसी नेपालले सानेपास्थति टीका विद्या आश्रममा खाद्यान्न सामग्री वितरण गरेको छ । कोरोना संक्रमण फैलिन नदिन जारी लकडाउनका कारण समस्यामा परेका विपन्न वर्गलाई लक्षित गरी आश्रमले सञ्चालन गरेकाे नि:शुल्क खाना वितरण कार्यक्रमका लागि सोमबार घाँसी नेपालले खाद्यान्न सामग्री वितरण गरेको हो । आश्रमले प्रत्येक दिन बिहान-बेलुकी खाना तयारी गरी खानाको अभावमा भोका परेकालाई निः शुल्क खाना खुवाउँदै आएको छ ।
“लकडाउनका कारण आफ्ना गाँउघर जान नपाएका विपन्न तथा सडकमै अलपत्र परेका र काम गर्न नपाएर भोका बनेका सर्वसाधारणलाई खाना खुवाउने रहेछ,” घाँसी नेपालकी सदस्य इच्छा गुरुंग शाहले भन्नुभयो, “त्यो खबर पाएपछि घाँसी नेपालले पनि विभिन्न माध्यमबाट संकलित सहयोग जम्मा गरी आश्रमको काममा सहयोग पुगोस् भनेर खाद्यान्न सामग्री वितरण गरेका हौं । यो हाम्रो तर्फबाट सानो सहयोग मात्र हो ।”
निशुल्क खाना वितरण कार्यक्रममा ललितपुर उपमहानगरपालिका वडा नम्बर २, सामुदायिक केन्द्र र सामुदायिक प्रहरी सानेपा लगायतले सहजिकरण गरिरहेको आश्रमले जनाएको छ ।
आश्रमद्वारा सञ्चालित निशुल्क खाना वितरण कार्यक्रममा प्रत्येक दिन २०० बढी व्यक्ति लाभान्वित भइरहेको आश्रमले जनाएको छ ।