बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

नेकपाको आन्तरिक विवाद फेरि बल्झिने संकेत, दुई अध्यक्ष दुईतिर
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को राजनीतिक विवाद फेरि बल्झिने देखिएको छ ।स्थायी कमिटी बैठकको एजेण्डा सिफारिसका लागि निर्णायक भनिएको सचिवालय बैठक फितलो भएपछि आन्तरिक विवाद फेरि बल्झिने देखिएको हो ।
सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले २० गतेको निर्णयअनुसार सहमतिको प्रस्ताव तयार गर्न नसकेको जानकारी नेताहरुलाई गराउनु भएको छ । योसँगै स्थायी कमिटी बैठक समेत अनिश्चित भएको छ ।
बैठकको कार्यसूची वा बैठक के गर्ने भन्ने विषयमा दुई अध्यक्षले निर्णय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनु भएको छ । यसअघि २० गते बसेको सचिवालय बैठकको निर्णय अनुसार स्थायी कमिटी बस्नका लागि अझैपनि गृहकार्य जारी रहेको जानकारी अध्यक्षद्वयले गराएको प्रवक्ता श्रेष्ठले सुनाउनु भयो ।
सचिवालय बैठक चलिरहेका बेला प्रधानमन्त्री एवं अध्यक्ष ओली भने आराम गर्न भन्दै बीचैमा निस्किनुभयो । प्रवक्ता श्रेष्ठले बैठकमा सके सबैजना बस्ने र सकिएन भने बैठकबाट निष्कने प्रावधान रहेको भन्दै प्रधानमन्त्रीले व्यवस्ता र शारीरिक कारण देखाउदै बैठकबाट निस्कनुभएको जानकारी दिनुभयो ।
नेकपाले बिहीवार ११ बजेका लागि स्थायी कमिटि बैठक बोलाएको थियो । पार्टीसँग सल्लाह नै नगरी प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ८ गते दुई वटा अध्यादेश जारी गरेपछि नेकपामा विवाद चुलिएको छ । दुवै अध्यादेश वैशाख १२ मा फिर्ता भएपनि प्रधानमन्त्री ओली इत्तरका नेताहरु सरकारले सुधारेको गल्तीप्रति अझै विश्वस्त हुन सकेका छैनन् ।