What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
भोलि देशभर सार्वजनिक बिदा
What To Know
- काठमाडौं । सरकारले बिहीवार सार्वजनिक विदा दिएको छ । बुद्ध जयन्तीको अवसरमा विहीवार सार्वजनिक बिदा दिने निर्णय गरिएको गृहमन्त्रालयले जनाएको छ ।.
- सरकारले सार्वजनिक विदा दिए पनि देशभर कोरोना रोकथामका लागि गरिएको लकडाउनले विदा गरेजत्तिकै भएको छ । यस्तै, सरकारले बुद्ध जयन्तीको अवसर पारेर बिहीवार साँझ कोरोना भाइरस रोकथाम तथा त्यसको उपचारमा खटिएका स्वास्थ्यकर्मीको सम्मानमा दीप प्रज्वलन गर्न भनेको छ ।.
काठमाडौं । सरकारले बिहीवार सार्वजनिक विदा दिएको छ । बुद्ध जयन्तीको अवसरमा विहीवार सार्वजनिक बिदा दिने निर्णय गरिएको गृहमन्त्रालयले जनाएको छ ।
गृहमन्त्रालयले बुधवार सूचना प्रकाशित गरेरै सार्वजनिक विदाबारे जानकारी दिएको छ । गृह मन्त्रालयले जारी गरेको सूचनामा ‘बिहीवार बुद्ध जयन्ती (वैशाख पूर्णिम) चण्डी पूर्णिमा) परेकाले मुलुकभर सबैलाई लागु हुने गरी विदा दिने निर्णय भएको छ ।’
सरकारले सार्वजनिक विदा दिए पनि देशभर कोरोना रोकथामका लागि गरिएको लकडाउनले विदा गरेजत्तिकै भएको छ । यस्तै, सरकारले बुद्ध जयन्तीको अवसर पारेर बिहीवार साँझ कोरोना भाइरस रोकथाम तथा त्यसको उपचारमा खटिएका स्वास्थ्यकर्मीको सम्मानमा दीप प्रज्वलन गर्न भनेको छ ।







