नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
तत्काल संसद बैठक डाक्न कांग्रेसको माग
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तत्काल संसद बैठक डाक्न सरकारसँग माग गरेको छ । पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले छिटो संसद बैठक बोलाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।
कांग्रेसले संसद बोलाउन ढिलाइ गरे बजेट बारेको छलफल प्रभावित हुने बताएको छ । कांग्रेस केन्द्रीय समिति बैठकले ढिलो नगरी संसद बैठक बोलाउनुपर्ने े माग रहेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
प्रवक्ता शर्माले कोरोना संक्रमण रोकथामका लागि सरकारले गरेको काम सन्तोषजनक नभएको बताउनुभयो । अत्यावत्यक सामाग्री ल्याउन सरकार असफल रहेको र राहतको काममा सरकारले सफलता पाउनु नसकेको बताउनुभयो । बैठकमा प्रतिपक्षी दलको रुपमा भूमिका बढाउनेपर्नेबारे पनि छलफल भएको उहाले जानकारी दिनुभयोे । ०००