हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
यो वर्षको आर्थिक बृद्धिदर असाध्यै न्यून हुने
काठमाडाैँ । कोरोना भाइरसको महामारीका कारण यो वर्ष नेपालको आर्थिक बृद्धिदर असाध्यै न्यून हुने देखिएको छ ।
केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २ दशमलव २७ प्रतिशतमा खुम्चिने भएको हो ।
सरकारले यो आर्थिक वर्षमा आर्थिक वृद्धिदर ८ दशमलव ५ प्रतिशत हासिल हुने लक्ष्य राखेको थियो । यसअघि बजेटको मध्यावधि समीक्षामा अर्थमन्त्री डा. युवराज खतिवडाले शुरुकै आर्थिक वृद्धि हासिल हुने जिकीर गर्नुभएको थियो । तर, तथ्याङ्क विभागले यो आर्थिक वर्षको मध्यपछि शुरु भएको कोरोना संक्रमण र त्यसले अर्थतन्त्रमा पारेको प्रभावका कारण अर्थतन्त्रको वृद्धिदर नराम्रोसँग खुम्चिने जनाएको छ ।
गत आर्थिक वर्ष २०७५/७६ मा नेपालको आर्थिक वृद्धिदर ६ दशमलव ७५ प्रतिशत कायम भएको थियो । आर्थिक वर्ष २०७४÷७५ मा भने ६ दशमलव ३५ प्रतिशतको आर्थिक वृद्धिदर कायम भएको विभागको तथ्यांकमा उल्लेख छ । कोरोनाका कारण विशेषगरी सेवा क्षेत्र ठप्प भएका कारण आर्थिक वृद्धिदर घट्ने देखिएको हो ।
अर्थतन्त्रका प्रमुख तीन क्षेत्रमध्ये प्राथमिक क्षेत्रको वृद्धिदर २ दशमलव ५४ प्रतिशतमा खुम्चिने भएको छ । द्वितीय क्षेत्रको वृद्धिदर ३ दशमलव ३६ प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर मात्र १ दशमलव ९९ प्रतिशत रहने तथ्याङ्क विभागले प्रक्षेपण गरेको छ । ०००