नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

बाग्मती नदि किनारमा एक पुरूषकाे शव फेला
ललितपुर । दक्षिण ललितपुरको वाग्मती गाउँपालिकामा एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । गाउँपालिका वडा नं १ कटुनबेंसीस्थित वाग्मती नदीमा सोही गाउँपालिका –१ निवासी ४८ वर्षीय कालीबहादुर थिङ सो अवस्थामा फेला परेका हुन् ।
मकवानपुरबाट घर फर्कने क्रममा उक्त खोला तर्दा बगाई उनको मृत्यु भएको महानगरीय प्रहरी वृत्त चापागाउँका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ हामीले हिजो बेलुका थिङको शव ल्याई आज बिहान पाटन अस्पताल पोष्टमार्टमका लागि लगेका छौँ ।”