रौतहटमा थप २ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि

वीरगञ्ज । नेपालमा थप दुईजनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोभिड १९ संक्रमितको संख्या ५४ पुगेको छ। रौतहटको वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का दुईजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरेको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । जनकपुरमा उनीहरुको पिसिआर टेष्ट गर्दा रिर्पोट नेगेटिभ आएको थियो ।

लकडाउन भएकै बेला उनीहरु दुवैजना भारतको राजधानी दिल्लीबाट नेपाल आएका हुन् । भारतबाट फर्केका वृन्दावन नगरपालिका भुसहाका २५ वर्षीय युवक १४ दिन क्वारेन्टाइन बसेर घर फर्किएका थिए । देवाही गोनाही १ का ३५ वर्षीष पुरुष क्वारेन्टाइनमै रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *