मेगा बैंकका ग्राहकलाई घरमै स्वास्थ्य सेवा र औषधिमा विशेष छुट

काठमाडौँ । मेगा बैंकले आफ्ना ग्राहकहरुलाई १२ प्रतिशत छुटमा घरमै स्वास्थ्य सेवा र औषधि उपलब्ध गराउने भएको छ । मेगा बैंकले इजी केयरसँगको सहकार्यमा आफ्ना ग्राहकहरुका लागि विशेष छुटमा घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने भएको हो ।

आज एक विज्ञप्ती जारी गर्दै मेगा बैंकले कोरोना भाइरसको संक्रमण रोकथामका लागि गरिएको लकडाउनको अवधिभर घरबाटै सेवा लिने ग्राहकहरुका लागि यो सेवा दिन लागेको हो ।

सम्झौता अनुसार मेगा बैंकका डेभिड र क्रेडिट कार्ड बाहक ग्राहकहरुले कार्ड तथा मेगा स्मार्ट बैंकिङ्गमार्फत रकम भुक्तानी गर्दा १२ प्रतिशत छुट दिने भएको छ ।

देशव्यापी लकडाउनका कारण बिरामीहरुलाई स्वास्थ्य सेवा दिन तथा औषधि खरिद गर्न समस्या नहोस् भन्ने उद्देश्यले मेगा बैंकले इजी केयरसँग सम्झौता गरेको बैंकले जनाएको छ । ०००

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *