नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

बन्दाबन्दीकाे अवधि १० दिन थपियो, बैशाख २५ गतेसम्म लम्ब्याउने सरकारको निर्णय
काठमाडौँ । सरकारले लकडाउनको अवधि १० दिन थप्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आइतबार साँझ बालुवाटारमा बसेको बैठकले लकडाउनको अवधि बैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हाे ।
कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो।त्यसयता सरकारले चौथोपटक लकडाउनको अवधि लम्ब्याउने निर्णय गरेको हो।
यसअघि सरकारले जेठ २ गतेसम्म आन्तरिक तथा बाह्य हवाई उडान बन्द गर्ने निर्णय गरिसकेको छ। सरकारले पछिल्लोपटक १५ दिन लकडाउन लम्ब्याएको थियो।