नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

जाजरकोटकाे ठाँटीबजारमा भीषण पहिरो : नाै जनाकाे शव भेटियाे, उद्दार कार्य जारी (अपडेट)
जाजरकोट । भेरी नगरपालिका–३ ठाँटीबजार नजिक गएको पहिरोमा परी पुरिएका मध्ये नाै जनाकाे शव फेला परेको छ।मृत्यु हुनेमा १३ वर्षीय नरेन्द्र परियार, ११ वर्षीय नविन परियार, ८ वर्षीय गाेविन्द परियार, १० वर्षीय दर्शक परियार रहेकाे प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो ।
यस्तै नेपाल पत्रकार महासंघ जाजरकोटका सदस्य तिर्थ बहादुर बोहराकी ८ वर्षीया छोरीको नज्मा बाेहराकाे पनि पहिराेमा पुरिएर मृत्यु भएकाे छ। मृत्यु हुनेमा तिर्सना सितला, ९ वर्षीया भगवति बिक, ६ वर्षीया रञ्जना बिक र मनिषा बिक रहेका छन्।
पहिरो आज विहान आठ बजेतिर गएको प्रहरीले जनाएकाे छ। तीर्थ बोहरा र गोपाल सुनारको घर पहिरोले पुरिएको छ । तीर्थ बोहराको घरमा डेरा गरी बस्ने लालबहादुर लोहारको जीवित उद्धार गरी जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
अहिले घटनास्थलमा सेना, प्रहरी, सशस्त्र प्रहरीको सक्रियतामा उद्धारकार्य जारी रहेको छ ।