नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

भारतमा कोभिड १९ःमृत्यु हुनेको संख्या चार सय २२ पुग्यो, १२ हजार बढी संक्रमित
काठमाडौं । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या चार सय २२ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ३७ जनाको मृत्यु भएको हो । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार कोरोनाबाट संक्रमित हुने मानिसको सख्या पनि १२ हजार तीन सय ७० पुगेको छ ।
भारतको महाराष्ट्र अहिले सबैभन्दा प्रभावित देखिएको छ । महाराष्ट्रमा अहिलेसम्म एक सय ८७ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ भने दुई हजार नौ सय १६ जना संक्रमित भेटिइसकेका छन् ।
महाराष्ट्रपछि मध्य प्रदेशमा सबैभन्दा बढी ५३ जना मानिसको मृत्यु भएको छ । त्यस्तै गुजरातमा ३३ र दिल्लीमा ३२ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । भारतमा अहिलेसम्म एक हजार पाँच सय ८ जना संक्रमित निको भएर घर फकिएइसकेका छन् ।