बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

छानविन समिति गठन, प्रनाउलाई जिम्मेवारीबाट हटाइयो
काठमाडाैँ। काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिट भएको भनिएको घटनामा नेपाल प्रहरीले प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा छानविन समिति गठन गरेको छ ।
गएराति चिकित्सकत्रय शम्भू खनाल तेजप्रकाश साह र विकास शाहलाई काम सकेर फर्कने क्रममा प्रहरीबाट अभद्र व्यवहार र कुटपिटसमेत भएको भनिएको घटनाको अनुसन्धान गर्न प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यको संयोजकत्वमा प्रहरी उपरीक्षक मुकेश सिंह र प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटी सहभागी छानविन समिति गठन गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँले जनाएको छ ।
कार्यालयले आज एक विज्ञप्ति जारी गरी उक्त घटनाका आरोपी महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्साललाई प्रमुखको जिम्मेवारीबाट हटाई अन्य संलग्न प्रहरी कर्मचारीमाथि समेत अनुसन्धान थालिएको जनाएको छ ।
कोभिड–१९ को सङ्क्रमणलाई न्यूनीकरण गरी नागरिकको जीवन रक्षार्थ अग्रपङ्त्तिमा खटिएका चिकित्सकको उच्च सम्मान रहेको महानगरीय प्रहरी कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै कार्यालयले कार्यस्थलमा खटिने प्रहरी कर्मचारीबाट पेशाकर्मी तथा आमनागरिकप्रति गरिने व्यवहारमा कहीँकतै कमजोरी हुन नदिने तथा स्वास्थ्यकर्मीको सुरक्षा र आवागमनमा विशेष संवेदनशील रहने प्रतिबद्धता जनाएको छ ।
उक्त घटनाका विषयमा नेपाल चिकित्सक सङ्घलगायत चिकित्सा पेशासँग सम्बन्धित विभिन्न संस्थाले समेत गम्भीर ध्यानाकर्षण गराएका छन् ।