बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

दैनिक ज्यालादारी गर्ने मजदूरलाई विशेष प्याकेज दिन माग
काठमाडाैँ । कोभिड–१९ नियन्त्रणका लागि लकडाउनका क्रममा दैनिक ज्यालादारी गर्ने मजदूरको जीवनयापनमा परेको अप्ठ्यारोबारे सरकारले विशेष प्याकेजको व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।
समाजवादी पार्टी र समाजवादी दलित मुक्ति महासङ्घले आज प्रेस विज्ञप्ति जारी गरी लकडाउनका कारण दिनभर काम गरेर छाक टार्ने मजदूरको दैनिकीमा नै समस्या देखिएको भन्दै सरकारले विशेष प्याकेजको व्यवस्था गर्नुपर्नेमा जोड दिएको हो । कोभिड–१९ का कारण विश्वभरि फैलिएको महामारीलाई नियन्त्रण गर्न नेपालका सबै राजनीतिक दलले व्यक्तिगत र पार्टीगत स्वार्थ त्यागेर लाग्न विज्ञप्तिमा आग्रह गरिएको छ ।