नीति तयार गर्न स्वास्थ्य सल्लाहकार समितिलाई जिम्मा

जनकपुरधाम । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा गठित उच्चस्तरीय ‘कोरोना नियन्त्रण तथा रोकथाम’ निर्देशक समितिले कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक नीति तयार गर्न प्रदेश स्वास्थ्य सल्लाहकार समितिलाई दिएको छ ।

समितिको आज यहाँ बसेको बैठकले प्रदेशको स्वास्थ्य सल्लाहकार समितिलाई सम्भावित सो भाइरसको जोखम नियन्त्रणका लागि सरकारलाई गर्नुपर्ने काम बारे तथ्यगत सूचीसहितको नीति निर्माण गर्ने जिम्मेवारी दिइएको हो । बैठकले समितिलाई छिटो नीति तयार गरी सरकारलाई उपलब्ध गराउन निर्देशन समेत दिएको छ ।
सो स्वास्थ्य सल्लाहकार समितिमा डा रामकेवल साह, डा सुरेन्द्र यादव, डा प्रवीण मिश्र, डा काशीकान्त झा, डा विजयकुमार सिंह, डा गरिबदास ठाकृुर, डा जेके लाल रहनुभएको छ । सल्लाहकार समितिका सदस्य डा साहले आजबाट नै कार्य प्रारम्भ गरेर यथाशीघ्र आफ्ना सुझाव सरकारलाई बुझाउने जानकारी गराउनुभयो ।

प्रदेश २ मा एक हजार १४५ क्वारेन्टाइनमा

वीरगञ्ज । कोरोना भाइरस ९कोभिड —१९ ० सम्भावित जोखिम हुन नदिन प्रदेश नं २ को आठ जिल्लामा एक हजार १४५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । प्रदेश २ प्रहरी कार्यालय जनकपुरधामले आज दिएको जानकारी अुनसार ३७१ जना होम क्वारेन्टाइनमा रहेका मध्ये ४६ लाई क्वारेन्टाइनमा पठाइएको छ ।

धनुषामा पाँच तथा पर्सामा दुई गरी सात जना आइसोलेशनमा रहेको बताइएको छ । प्रदेशमा हालसम्म एकजनामा पनि सो भाइरसको पोजेटिभ देखिएको छैन ।

सप्तरी । सप्तरीमा कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमणको आशङकामा पहिलो पटक नौ जनाको स्वाब परीक्षणका लागि सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।

भारतको विभिन्न राज्यबाट इस्लाम धर्मालम्बीहरुको तब्लिगी जमातमा सहभागी भएर घर फर्किएका राजविराज नगरपालिकाका आठ जना र फ्रान्सबाट नेपाल फर्किएका तिलाठी कोइलाडी गाउँपालिकाका एक जना गरी कूल नौ जनाको स्वाब परीक्षणका लागि सो प्रतिष्ठानमा पठाइएको हो ।

गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा स्वाब सङ्कलन गरी उनीहरुलाई पुनः क्वारेन्टाइनमा पठाइएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। चुमनलाल दासले जानकारी दिनुभयो । परीक्षणका लागि स्वाब सङ्कलन गर्नुभएका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा। रणजित कुमार झाले नौ जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभयो ।

स्वाब रिपोर्ट आएपछि थप स्पष्ट हुने भन्दै अस्पतालले स्वाब रिपोर्ट आउन दुई÷तीन दिन लाग्ने जनाएको छ । भारत बिहारको अररिया जिल्लाबाट आएका आठ जनालाई राजविराज नगरपालिका–४ स्थित इस्लाम मियाँको घरमा तथा फ्रान्सबाट आएका एक जनालाई राजविराज नगरपालिका–२ स्थित साइकृष्णा मेडिकल कलेज एण्ड हस्पिटलमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *