विपन्नलाई माक्स र सावुन बितरण गर्दै स्थानीय सरकार

कौरव खत्री
बागलुङ । बागलुङको गलकोट नगरपालिका वडा नं. ७ र विभिन्न संघ संस्थाहरुको सक्रियतामा माक्स तथा हात धुने साबुन र खाद्यान्न सामाग्री वितरण गर्न सुरु गरिएको छ । गलकोट नगरपालिका वडा नं ७ ले वडा भित्र कोरोना भाईस कोभिड १९ लाई रोकथाम गरि नागरिकलाई स्वास्थ्य सुरक्षा प्रदान गर्न ४ दिने घरदैलो अभियान सम्पन्न गरेको छ । अभियान मल्म झिर्काबाट सुरु भएको अभियान बामियामा आएर सकिएको छ ।

अभियानको क्रममा विपन्न तथा दलित परिवारलाई झण्डै ३ सय माक्स र हात धुने सावुन वितरण गरिएको वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिए ।

साथै आमवडावासीलाई सरसफाईमा ध्यान दिन र कोरोना भाईरसबाट सुरक्षित कसरी हुने भन्ने विषयमा जनचेतना फैलाउन अभियान गरिएको अध्यक्ष थापाले बताए ।

त्यस्तै वडा भित्रका विभिन्न टोल र घर आँगनमै पुगेर आवश्यकता अनुसार माक्स र साबुन वितरण गरिएको अभियानमा सहभागी युवा समाजसेवी रुद्र केसीले बताए ।

अभियानको क्रममा वडा अध्यक्ष टिका बहादुर थापा,जनप्रतिनिधी लोक बहादुर थापा, नेपाल कम्युनिष्ट पार्टी नेकपा गलकोट नगर सदस्य छुम बहादुर थापा, घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा, न्यू नवज्योति युवा क्लवका महासचिव रुद्र केसी,घुम्टे युवा परिवारका सदस्य भूमिराज थापा, दिनेश थापा लगायतको सहभागिता रहेको थियो ।

सोही अवसरमा वडाभित्र लकडाउनको पुर्ण रुपमा पालना गर्न अनुरोध गरिएको, साबुन पानीले हातमुख राम्रो सँग सफाई गर्न सरसफाईमा ध्यान दिन, भिडभाड नगर्न, कोरोना भाईरसको संक्रमणबाट आफु पनि बच्ने र अरुलाई पनि बचाउन आग्रह गरिएको थियो ।

दोस्रो चरणमा थप राहतका कार्यक्रमहरु ल्याउने तयारी भईरहेको वडा कार्यालयले जनाएको छ । वडाभित्र कोभिड १९ कोरोना भाइरसका बारेमा जनचेतना फैलाउनको र प्रचार प्रसारको निम्ति वडाले माईकिङ समेत गरेको छ । त्यसको लागि प्रचार सामाग्री रेडियो गलकोट, यातायात स्थानीय डाईनामिक गु्रप साउण्ड सिष्टम भैरव साउण्ड आगाँखेतले सौजन्य गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *