What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
साहित्यकार पागलको निधन
काठमाडौँ । पूर्वाञ्चलका प्रसिद्ध साहित्यकार उपेन्द्र पागलको आज ७७ वर्षका उमेरमा निधन भएको छ । एक वर्षदेखि दमरोगबाट पीडित पागलको आफ्नो जन्मस्थान सुनसरी, मधेशा ७ मा निधन भएको हो ।
उहाँ निबन्ध, कथा, कविता, समालोचना र चित्रकलामा प्रसिद्ध हुनुहुन्थ्यो । उहाँका ११ कृति प्रकाशित छन् । हाल उहाँले उराँव जातिका बारेमा लेख्दै गरेको डा भीम खतिवडाले जानकारी दिनुभयो । उहाँको आजै इटहरीस्थित बूढीगङ्गाघाटमा दाहसंस्कार गरियो । उहाँका छ छोरी हुनुहुन्छ ।






