वडाअध्यक्ष भण्डारीसहितको टोली खाद्यान्न सामाग्री लिएर विपन्नको घर घरमा

कौरव खत्री
बागलुङ। गलकोट नगरपालिका वडा नम्वर २ नरेठाँटीका ५१ गरिव तथा विपन्न घरपरिवारलाई राहत सामाग्री वितरण गरिएको छ । विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को जोखिमबाट आम नेपाली सुरक्षित रहनको लागि देश नै लकडाउन गरेको समयमा दैनिक ज्याला मजदुरी गरि खाने अति विपन्न परिवारको लागि गलकोट नगरपालिका वडा नम्वर २ स्थायी घर भई हाल रोजगारीको शिलशिलामा जापानमा कार्यारत रहेका ७ जना सहयोगीहरु र ३ जना जनप्रतिनिधिले ५१ विपन्न घरपरिवारलाई सोमवार र मंगलवार गरी २ दिनसम्म राहत वितरण गरेका हुन्।

गलकोट नगरपालिका वडा नम्वर २ का अध्यक्ष हिम बहादुर भण्डारी, वडा सदस्य घनश्याम कुँवर, भक्त बहादुर घर्ती र जापानमा व्यवसाय गर्दै आएका नरेठाँटीवासी टिकाराम शर्मा गैरे, आत्माराम गैरे, दिलिप कंडेल, गौरीशंकर गैरे, युवराज कंडेल, डिलाराम निउरे, प्रकाश गैरे, डिलाराम गैरे लगायतले आर्थिक संकलन गरेर अत्यावश्यक ५ प्रकारका सामाग्रीहरु घर घरमै पुगेर हस्तान्तरण गरेका हुन्।

राहत सामाग्री प्रति घरपरिवार चामल २ बोरा, दाल २ केजी खाने तेल १ लिटर, नुन २ केजी साबुन २ ओटाका दरले ५१ घरपरिवारलाई राहत सामाग्री हस्तान्तरण गरिएको गलकोट नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष हिम बहादुर भण्डारीले जानकारी दिए ।

त्यस्तै दैनिक ज्याला मजदुरी गरेर पेट पाल्ने परिवारलाई कोरोना भाईरसको माहामारीको कारण देश नै लकडाउन भएको हुनाले बिहान बेलुकाको समेत छाक टार्न सहज होस् भन्ने उद्देश्यले राहात वितरण गरिएको वडाअध्यक्ष भण्डारीले जानकारी दिए ।

साथै अध्यक्ष भण्डारीले भने कोरोनाको माहामारीले गर्दा लकडाउनको अवस्थामा कोही पनि खानाको अभावले चिन्तित हुने अवस्था सिर्जना हुन नदिने गरि आर्थिक सहयोग जुटाएर राहत सामाग्री वितरण गरिएको बताए । त्यस्तै युवा व्यवसायी दिलिप कंडेलले भने आफु विदेशमा रहेता पनि आफ्नो गाँउबासी विपन्न घरपरिवारलाई कोरोना भाईरसको सक्रमणकालिन अवस्थामा भोकमरीको अवस्था सिर्जना हुन नदिन सहयोग गरेको बताए ।

त्यस्तै खाद्यान्न सामाग्री पाएपछि आफ्नो घरपरिवारलाई ५ महिनाको लागि आफुहरुलाई सहजता मिलेको वडा नं. २ छापका स्थानीय ९४ बर्षीय अमरसिंह श्रीसले खुसी व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *