What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

कोरोना भाइरसबाट बच्न खड्कदेवी युवा क्लवद्वारा मास्क र सावुन वितरण
What To Know
- ९मा १ सय ४४ पिस गरि जम्मा ७ सय, ६४ पिस हात धुने सावुन प्रतिघरपरिवार २ वटाका दरले साविक वडाका एक/एक व्यक्तिहरुलाई वितरण गर्न जिम्मा दिएको खड्कदेवी युवा क्लवका कोषाध्यक्ष जगत अधिकारीले जानकारी दिए ।.
- ६ का नागरिकहरुलाई ९सय माक्स र ४सय पिस हात धुने सावुन वितरण गरिसकिएको क्लवका कोषाध्यक्ष अधिकारीले जानकारी दिए ।.
कौरव खत्री
गुल्मी । मुसिकोट नगरपालिका २ स्थित खड्कदेवी युवा क्लवले विभिन्न वडामा माक्स र सावुन वितरण गरेको छ । ‘आफू पनि बचौ अरुलाई पनि बचाउ’ भन्ने अभियान मार्फत आर्थिक संकलन जुटाएर विश्व भर फैलिएको महामारी कोभिड १९कोरोना भाइरसको प्रभावको जोखिम न्यूनिकरण बच्नका लागि जनताहरुलाई साविकको मुसिकोट गाविसका बिभिन्न वडामा सामाग्री बितरण गरिएकाे हाे ।
क्लवले साविक मुसिकाेट गाविसका वडा नं.५ मा १ सय ७० पिस सावुन,वडा नं.७ मा २ सय, ६० पिस, वडा नं.८ मा १ सय,९० पिस, र वडा नं.९मा १ सय ४४ पिस गरि जम्मा ७ सय, ६४ पिस हात धुने सावुन प्रतिघरपरिवार २ वटाका दरले साविक वडाका एक/एक व्यक्तिहरुलाई वितरण गर्न जिम्मा दिएको खड्कदेवी युवा क्लवका कोषाध्यक्ष जगत अधिकारीले जानकारी दिए ।
साथै क्लवले गत आइतवार र सोमवारका दिन साविकको वडा नं. ६ का नागरिकहरुलाई ९सय माक्स र ४सय पिस हात धुने सावुन वितरण गरिसकिएको क्लवका कोषाध्यक्ष अधिकारीले जानकारी दिए ।
साथै कोभिड १९कोरोना भाइरसको प्रभावको जोखिम न्यूनिकरण र यसबाट बच्नका लागि स्वदेश तथा विदेशमा रहेका यस क्षेत्रका नेपालीहरुबाट करिव १लाख ३५ हजार आर्थिक संकलन जुटेको क्लवका कोषाध्यक्ष अधिकारीले जानकारी दिए ।