What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

नेपाल टेलिकमको नयाँ योजना
What To Know
- काठमाडौँ। नेपाल टेलिकमले आफ्ना ग्राहकलाई सहज रूपमा महसुल भुक्तानी तथा टपअप गरी कम्पनीका सेवा लिनसक्ने गरी नयाँ योजना अगाडि सारेको छ । कम्पनीको रिचार्ज कार्ड, मोबाइल भुक्तानी सेवा (एमपीओएस तथा केआईओएसके) मेसिन, विभिन्न भुक्तानी सेवाका एपहरू, विभिन्न बैङ्कका अनलाइन÷मोबाइल बैङ्किङ सेवा तथा विभिन्न बैङ्कका भिसा कार्ड, मास्टर्ड कार्डका विकल्पहरु उपलब्ध रहेको जनाएको छ । यसैगरी ब्यालेन्स ट्रान्सफरबाट सीमित रूपमा परिवारका सदस्य र साथीभाइबीच टपअप गर्न सकिने सुविधा पनि उपलब्ध रहेको छ ।.
- (एमपीओएस) तथा (केआईआएसके) मेसिनअन्तर्गत कम्पनीका आधिकारिक सेवा प्रदायकजस्तै स्टेसनरी पसल, किराना पसल, पत्रिका पसल आदि तथा सुपरमार्केट, अस्पताल, कम्पनीको कार्यालय परिसरमा जडान गरिएका केआईओएसके मेसिनमा गई कम्पनीका सेवाको महसुल भुक्तानी तथा टपअप सहज रूपमा गर्न सकिन्छ । ई–सेवा, खल्ती आईएमई पेजस्ता एप प्रयोग गरी कम्पनीका सेवाको महसुल भुक्तानी तथा टपअप सहज रूपमा गर्न सकिने कम्पनीे जनाएको छ ।.
काठमाडौँ। नेपाल टेलिकमले आफ्ना ग्राहकलाई सहज रूपमा महसुल भुक्तानी तथा टपअप गरी कम्पनीका सेवा लिनसक्ने गरी नयाँ योजना अगाडि सारेको छ । कम्पनीको रिचार्ज कार्ड, मोबाइल भुक्तानी सेवा (एमपीओएस तथा केआईओएसके) मेसिन, विभिन्न भुक्तानी सेवाका एपहरू, विभिन्न बैङ्कका अनलाइन÷मोबाइल बैङ्किङ सेवा तथा विभिन्न बैङ्कका भिसा कार्ड, मास्टर्ड कार्डका विकल्पहरु उपलब्ध रहेको जनाएको छ । यसैगरी ब्यालेन्स ट्रान्सफरबाट सीमित रूपमा परिवारका सदस्य र साथीभाइबीच टपअप गर्न सकिने सुविधा पनि उपलब्ध रहेको छ ।
मोबाइल भुक्तानी सेवा
(एमपीओएस) तथा (केआईआएसके) मेसिनअन्तर्गत कम्पनीका आधिकारिक सेवा प्रदायकजस्तै स्टेसनरी पसल, किराना पसल, पत्रिका पसल आदि तथा सुपरमार्केट, अस्पताल, कम्पनीको कार्यालय परिसरमा जडान गरिएका केआईओएसके मेसिनमा गई कम्पनीका सेवाको महसुल भुक्तानी तथा टपअप सहज रूपमा गर्न सकिन्छ । ई–सेवा, खल्ती आईएमई पेजस्ता एप प्रयोग गरी कम्पनीका सेवाको महसुल भुक्तानी तथा टपअप सहज रूपमा गर्न सकिने कम्पनीे जनाएको छ ।