धन कमाउने सपना

झुपडिकै बास भए पनि छहारी मिलेकै थियो, खोले फाँडो भए पनि पेट भरिएकै थियो । त्यो दिन थियो जुन दिन धन पैसाको लालचमा लाग्दा जिन्दगी किनाराले छाडेको बगर जस्तै भयो । मिठो सपनाको संसारमा डुब्दा त रमाईलो हुन्छ, सपनाको धाजामा खुट्टा टेक्दा त्यो दलदलमा भासिएपछि जिन्दगी अर्थहीन बन्न पुग्छ.. आज मेरो ब्यथा भनौ या धन पैसा कमाउने सपना बोकी बिदेश लाग्नेको कथा भनौ त्यस्तै भएको छ ।

कथाकार : जानुका जानु

उमेश मेरो जीवन साथी हो । हामी दुईको वैवाहिक जीवनपछि हाम्रो घर दु:ख सुख चली राखेकै थियो । अचानक उमेशलाई विदेश जाने सोंच आयो, दिनको उज्यालोलाई छल्दै रातको अँधेरीले पच्छाएको थियो ।

बेलुकाको खाना खाईसकेपछि सँधैजसो टेलिभिजनमा हुने प्रसारणहरु हेरिन्थ्यो, उमेश केही भन्न लागे जस्तो गरी मलाई एकोहोरो हेरी रहे । उमेश के भयो हजुरलाई, आज किन यसरी हेरिरनु भाको ?
उमेश: सपना तिमीसँग केही कुरा गर्नु थियो, तिमी नरिसाउने भए मात्र भन्छु ।
– त्यस्तो के कुरा हो र आजसम्म हामी दुईबीच लुकेर बसेको आजसम्म हजुरको कुनै कुरामा रिसाएकी छु र ?

उमेश: सपना गाँउ घरको उकाली ओरालीमा कति कुटो कोदालो बोकेर हिड्ने ? जिन्दगी चलाउन पनि गाह्रो भयो तिमीलार्इ पनि कहिले सुख दिन सकिन, म पनि विदेशतिर लागौँकी भनेर चाडपर्व आउँदा पनि तिम्रो गुनियो चोलो फेर्न सकिन, मेरो जिन्दगीमा आएर तिमीले धेरै दु:ख पायौ

सपना  – कस्तो कुरा गर्नु भएको हजुर ? मेरो सुख भनेको नै हजुर हो अनि हजुरलाई प्रदेशको खाडीमा पठाएर म कसरी खुसी रहन सक्छु ? जसोतसो गुजारा चलेकै छ बिदेशमा गएर बगाउने पसिना यही आफ्नो मातृभूमिमा बगाए यही सुन फल्छ, यहि राम्रो हून्छ ।

उमेश: सपना त्यसो होइन एक दुर्इ वर्षको कुरा हो त्यसपछि त यही कुनै सानो विजनेस गरेर बसौँलानी । उमेशको जिद्दिले गर्दा मैले रोक्न सकिन, केहीदिनपछि बिहानीको मिर्मीरेसँगै उमेश प्रदेश जाने साइतमा निस्किनु भयो । आँखाबाट झरेका आँशु लुकाएर बिदा गर्छु भन्दा आँशु लुकाउन किन सक्थे र ? आफ्नो प्राणलाई पराईको मुलुकमा पठाउनु पर्दा धर्ती भासिए जस्तो भयो । उमेश: सपना नराेउ न तिमी यसरी, म नर्फकने गरेर जान लागेको त कहाँ हो र केही वर्षपछि फर्केर आउँछु नि ।

सपना: कसरी रोकौं यी मेरा आँशु बिदाईको बेलामा कसरी जानु भनौं र प्यारा बिदेशी मुलूकमा ?
उमेश: गहमा आँशु नराख्नु प्यारी बिदाईको बेलामा फर्केर फेरी आउँनेछु प्यारी म तिम्रै काखमा !
सपना: कस्तो रैछ धनपैसा पनि छुटायो हामीलाई बिदाईको बेला रोकिन्न आँशु के भनुँ हजुरलाई ।
उमेश: पसिनासँग धनपैसा साटी फर्केर आउँलानी हाँसेर बिदा देउ मलाई प्यारी पुग्नु छ मुग्लानी !

उमेशलाई चाहेर पनि रोक्न सकिन, हेर्दाहेर्दै भन्ज्याङको डाँडा पनि काट्नु भयो प्रदेश पुगेको महिनौसम्म पनि केही खबर आएन । जाउँ त काहाँ जाउँ भनौ त कस्लाई भनौ न चिठ्ठी आँउछ न फोन न कुनै खबर ? केही थाहा भएन प्रदेश लाग्नु भएको मेरो हजुरको राह हेर्दाहेर्दै पाँच/छ महिना बितिसक्यो । दिन के रात के रोएर नै महिना बित्यो आँशुले सिरानीमा खाटा बस्यो तर पनि कुनै खबर छैन, खोज्नको लागि पनि कहाँ जाउँ ? मेनपावरले पनि केही जवाफ दिदैन, आज गरिबीले गर्दा मेरो हजुरलाई म बाट टाढा बनाई दियो, कही मेरो हजुर फर्केर आउने बेलासम्म पनि मैले आफ्नो प्राण बचार्इ राख्न पनि सक्दिन कि जस्तो भयो । समयले छल गरे जस्तै एक बर्षपछि चिठ्ठी हात पर्यो । हतार गरी पत्र खोले आँशुले पत्र भिज्न थाल्यो मुटुभित्र गाँठो परि सास रोकिए जस्तो भयो, अब के गरु काहाँ जाउँ पत्रले बोलेको जवाफ मेरो हजुरको हालत कस्तो छ थाहा छैन मुटु नै चिरीने चिठ्ठी आयो ।

उमेश: मेरी प्यारी ह्रिदयकी रानी तिम्रो सम्झनामा यो रेगिस्तानमा पलपल तड्पी बाँचेको छु । भन्ने गर्थ्यौ प्यारी बिदेश नजानु, बिदेशमा धन पैसा कमाउन सजिलो हुन्छ भनी आएको थिएँ तर मृत्युको ओछ्यान बनाई सुतेको छु, थाहा छैन कहिले कति खेर यो संसार मेरो आँखा अगाडी निष्पट्ट हुने हो थाहा छैन सपना..!!

मरे भने हुनेछु प्यारी मृत्युको साथमा
बाँचे भने फर्कौला प्यारी म तिम्रो काखमा !
पिउन पनि पाईंदैन पानी जंगलकै हुन्छ बास
आधा खबुश खाएर प्यारी धान्नु पर्छ सास !
सपना बोकी आएको प्रदेश धन पैसा कमाउन
तिम्रो र मेरो सपनाको संसार सानो घर बनाउन !
झर्लक्क याद आयोनी प्यारी मुना र मदनको
संसारले आँखा चिम्लिन्छकी प्यारी भर छैन जीवनको !!

मेरो हजुरको पत्रले मन छियाछिया भयो । आज दैबले म माथि कस्तो खेल खेल्यो फेरि पनि एउटा झिनो आँसा सानो पत्रमा म मेरो हजुरलाई घर फर्कने आग्रह गरें, मेरो हजुर ! हजुर बिनाको मेरो जिन्दगी कुनै अर्थ छैन ढुङ्गा गिटी फूटालेर भए पनि जिन्दगी गुजारौँला आफ्नो देशमा फर्केर आउनुस्, हजुरकी सपना हजुर फर्केर आउने बाटो हेरेर बसिरहेकी छे । कतै मुनाले झै मदनको पर्खाईमा हजुरकी सपना यो संसारदेखि बिलौना हुने हो की ? थाहा छैन प्यारा एक मुठी सास बचाई राख्न हजुरकी सपनालाई गाह्रो भएको छ, हजुरको पर्खाईमा उदासी सपना ।

दिनरात मेरो रोएर जान्छ हजुरको यादमा
फर्कने बाटो हेरेर बस्छु गोधुली साँझमा !
हजुर बिना उजाड लाग्छ यो संसार मलाई
कसरी प्राण धानौ र प्यारा हजुर आउन्जेल सम्मलाई ?
चाहिंदैन मलाइ बिदेशको धन हजुर भए हुन्छ
जुनिजुनी हजुर मेरो साथ भइदिए पुग्छ !!

हो प्यारा हजुर मेरो खुशी हो, जतिसक्दो चाडो घर फर्की आउनु एक पत्रको आधारमा चिठ्ठी आदान प्रदान भयो त्यसपछि कुनै खबर आएन साँझपख आगनमा कोही आई उभियो, त्यो अरु कोही नभई उमेशको साथी थियो । उमेशको साथीले बताए अनुसार जंगल भित्र भेँडा बाख्रा चराउने र चर्को घाँमको तापमा जलेर काम गर्नु पर्ने पिडा कस्लाई भन्नु छ र ? मेनपावरबाट पनि इन्जिनिएर भनी भिषा निकालिएको थियो तर कम्पनीमा पुगेपछि जंगलभित्र खटाइएको भन्दा झनै गारो भयो मेरो प्यारालाई कसरी घर फर्काउने मसँग कुनै माध्यम थिएन, अरु कुनै उपाए थिएन उही पत्रको आधारमा घर फर्कने बिन्ती गरे, कुनै जवाफ आएन । आज भन्दा भोलि हुँदै मेरो निराशमा जलेको दियो पनि निभ्न लागि सक्यो, थाहा छैन कतिखेर कुनबेला निभ्ने हो त्यो दैवलाई नै थाहाँ छ ।

बिरानो त्यो प्रदेशमा आफ्नो कोई छैन
फर्की आउनु मेरो प्यारा अब बस्न हुन्न !
मेरो पनि हालत त्यस्तै हजुर बिना यहाँ
जिन्दगी नै गोरेटो हो सुख छ र कहाँ !

हो लक्ष्मी प्रसाद देबकोटाले भने झै “हातका मैला सुनका थैला के गर्नु धनले.. साग र सिस्नु खाएको बेस आनन्द मनले” हो हजुरसंगै बसेर खोले र फाँडो खाएकै बेस हुन्छ । आज के पायो र प्रदेशको धनले मनमा अशान्ती बिमार हुँदा पनि छैउमै बसी पानी दिन नपाउँदा मुटुमा छियाछिया भएर आउँछ हो हजुर मिलनको दियो बाली हजुरको पर्खाईमा बसेकी छु, हजुरकी सपना ।

उमेश: तपाईंको मायाले भरिएको पत्र पाउँदा आँखा भरिएर आयो, मेरी प्यारी के गर्नु प्रदेशको ठाउँ मनखुसीले घर फर्कन नपाईंदो रहेछ, तिमीले भने झै छिटो घर फर्कन पाए एक मुठी सास तिम्रो काखमा जानी थियो । खै सपना यस्तो लाग्छ मर्ने बेलामा एक मुठी पानी दिने पनि कोही हुँदैन जस्तो लाग्छ । मेरो ज्यान रेगिस्तानको तातो हावाले खाई सक्यो, सपना जिन्दगीमा तिमीलाई सुख दिन सकिन, हुनसक्छ भने मलाई माफ गरिदेउ । तिम्रो फूलजस्तो यौवनलाई सूर्यको तापले डसे जस्तो बनाई दिएँ । कताकता खुसी पनि लाग्यो हाम्रो मायाको चिनो हुर्केको सुन्न पाउँदा, खुसी लाग्यो ।

बाँचेछु भने फर्केर आउँला त्यो मुना हेर्नलाई
गौरबको साथ उच्च शिर पारी मेरो नाम दिनलाई !
म फर्की आउन सकिनं भने कोपीला फूल्न देउ
खै बाबा भनी सोधेछ भने चन्द्रमा देखाई देउ !
न रुनु प्यारी बैरीको सामु आफ्नो शिर झुकाई
राख्नु मेरो तस्बिर प्यारी छातीमा लुकाई !
दैबले खेल रचेछ कस्तो कसलाई पो थाह छ र
जिन्दगी प्यारी दुई दिनको पाहुना कस्को पो भर छ र ?

हो प्यारी जिन्दगी यो धर्तीमा दुई दिनको पाहुना हो आफ्नो मनलाई बलियो गाठो पार्नु पर्छ । कहिले पनी कमजोर नपर्नु नुन पानीको शरीर हो दैबले दया देखाएछ भने म अबश्य फर्केर आउनेछु, उही तिम्रो दिलको राजा..!!

उमेशको अन्तिम पत्र थियो त्यसपछि कुनै खबर आएन महिना बिती सक्यो, पेटमा हुर्केको कोपीला पनि फुल्न थाल्यो, बाबुको नाम दिने बेलामा बाबुको कुनै पत्तो छैन । चार पाँच महिनाको अन्तरमा चिठ्ठीमा धाँगो बाँधिएर आयो, रेगिस्तानको तापले मेरो हजुरको ज्यान खायो, दैबले म माथि ठूलो खेल खेल्यो, मेरो खुशी मबाट छिनी दियो, मेरो रुपको श्रींगार उजाड बनाई दियो, प्रदेशको धनले मेरो खुशी मेरो घर उजाड बनाई दियो । मर्न पनि सक्दिन किनकी उमेशको चिनो मेरो सन्तान बनेको छ, दैबले मेरो खुशीमाथि आँखा गाड्यो, मेरो जिन्दगीको घर उजाडी लगिदियो । रुदारुँदै म बेहोश हुन पुगेछु, काखमा रहेको कलिलो मुना रुन थाल्यो बिचरा के बोल्न सक्थ्यो र ? ती कोमल हात पाउले मलाई घच्घचायो उस्को रुवाईले म फेरि होशमा आएं, आफ्नो मनलाई आफैले सम्झाएं, म मेरो बच्चाको लागि भए पनि बाच्नुपर्छ तर थाहा छैन अझै पनि मेरो मनले उमेश फर्की आउँछ भनी खोक्रो आशा बोकी बाँचेकी छु । मेरो साथमा उमेशको नासो छ उमेशले नाम दिनुपर्छ “हे दैब मेरो उमेश म तिर नै फर्काई देउ मैले मेरो बच्चालाई उसको बाबुको नाम दिनु छ”

फूल बिनाको डाली भएकी छु
पखेंटा बिनाको चरी भएकी छू !
घर बिनाको संसार जिएकी छु
प्यास मेटाउन आफ्नै आँशु पिएकी छु !
मलाई पनि लैजाउ प्यारा जहाँ तिमी त्यही
यो धर्तीमा खुशी छैन तिमी बाहेक कही !
मेरो राजा किन मलाई छोडी गयौ भन
तिमी बाहेक रम्दैन कतै पनि मन !
कस्तो रैछ प्रदेश त्यो छिनी लग्यो उसलाई
प्रदेशले भेटी राख्यो मेरो हजुरलाई !!
न त पाएं मैले खुशी न त पाएं जीबन
मेरो खुशी छिनी लग्यो खुशी छैन यो मन !!
सारी छोड्यौ बिउ तिमले हुर्कीसक्यो आज
छुनमुन गरि आगानीमा नाच्छ मेरो माझँ !!
तोते बोली सुन्न प्यारा फर्की आए हुन्थ्यो
आँगनीमा छुनमुन गरि बाबा भनी छुन्थ्यो !!

एकान्तमा बसी मन बर्बराउँछ, कतैबाट सपना भनी आँखा छोपे जस्तो लाग्छ अनि झसङ्ग हुन्छु फेरी फोटो हेरी रुन थाल्छु । प्रदेशमा धन कमाउन गएको उमेशलाई आज प्रदेशले नै आफ्नो बनायो । मेरो पास पठाएन, मेरो जिन्दगीको दु:ख मेरो व्यथा अनि कथा बन्यो ।

जानकी जानु
दर्गाउँ-८, खैरेनिटार, तनहुँ

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *