हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
समृद्धिका लागि जातीय सद्भाव र क्षेत्रीय एकता आवश्यक छ : कार्की
कौरव खत्री
बाग्लुङ्ग । क्षेत्री महिला समाज गलकोट नगरपालिका १ दुदिलाभाटीको आयोजनामा तीज गीत तथा नृत्य प्रतियोगिता एवं दरखाने कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा सम्वोधन गर्दै क्षेत्री समाज गण्डकी प्रदेश प्रतिनिधी सरस्वती रेग्मी कार्कीले जातीय सदभाव, क्षेत्रीय एकता र समृद्व समाज निर्माणमा क्षत्री समुदाय एकजुट हुनुपर्ने बताउनुभयो । साथै उहाँले क्षेत्री बन्धुहरुको एकतालाई थप बलियो हुने र आपसी सद्भाव बढ्ने बताउनुभयो ।
कार्यक्रमको अवसरमा भएको तीज गीत तथा नृत्य प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालय दुदिलाभाटी प्रथम, जनसेवा आमा समुह काफलठुटा द्वितिय र सिर्जनशिल आमा समुह भाटी बजार तृतीय भएका छन् । प्रतियोगितामा ९ समूहको सहभागिता रहेको थियो ।
सोही अवसरमा क्षेत्री समाज गण्डकी प्रदेशका सदस्य हर्क पाण्डे, क्षेत्री समाज गलकोट नगरपालिकाका वरिष्ठ उपाध्यक्ष छुम बहादुर थापा, गलकोट नगरपालिका वडा नं १ का वडाअध्यक्ष नेत्र बहादुर बुढाथोकी, क्षेत्री समाज गलकोट नगरपालिकाका संस्थापक सदस्य लक्ष्मी खडका, महिला जागरण केन्द्र दुदिलाभाटीका अध्यक्ष दुर्गा पुन, क्षेत्री महिला समाज गलकोटका सचिव माँया केसीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
त्यस्तै क्षेत्री समुदायबाट २०७४ को एसईई परीक्षामा सरसस्वती माध्यमिक विद्यालयबाट सर्वोत्कृष्ट अंक ल्याउने मिलन कुँवर, र २०७५ मा सर्वोत्कृष्ट अङ्क ल्याउने सुदिप खत्रीलाई नगद र सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रममा सहभागी सबैलाई सामुहिक दर खुवाईएको थियो । कार्यक्रम क्षत्री महिला समाज गलकोट नगरपालिका वडा नं १ दुदिलाभाटीका अध्यक्ष धना खत्रीको अध्यक्षता तथा क्षत्री समाज गलकोट नगर समितिका उपाध्यक्ष सुमित्रा कार्कीको स्वागतसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने समितिका सचिव कमला खड्काले गर्नुभएको थियो ।