लकडाउनले धुमुलिएको यो मन

– चन्द्र संर्तुंगे मगर

चारैतिर सन्नाटा, अनुहारमा मलिनता
के कहिले, कहा, कसरी, किन र कसको लागि
बिना उत्तर, थुप्रिएका प्रश्नहरु
कोरोना भाइरसका डरलाग्दा
तथ्यांकका चुलीले चेप्टिएको यो मन
कसै गरेनी, फेर्न पाएको थिएन,
आनन्दको सुसेली ।

त्यो बर, त्यो पिपल र सल्लेरीका सुस्केरासँगै,
क्षितिजमा देखिने ती टलक्क टल्किएका
धौलागिरी, अन्नपुर्ण, माछापुछ्रे हिमालहरु,
चिरबिर चिरबिर गर्दै उड्ने जुरेलीहरु
पिपल पातमा लेखिएका अमर प्रेम कथाहरु
अलिक पर,
एकान्तमा गाइएको कोइलीका मधुर भाका अनि बज्दै गरेका बासुरीका धुनहरु
तिनै धुनसँगै साटिएका मनहरु
कसरी बिर्सिउ म, ती अबोध मुस्कानहरु
कोरोना चुनौतिलाई सजिलै पार गरे जस्तै गरी
टुसाएका आत्मियताका ती हाँसोहरु
मिलनका ती चौबाटाहरु
नि:संकोच खुलेका ती आकाशरुपी मनहरु

कल्पना गर्छु,
आकाशमा कावा खादै उडेका चिलहरु,
बसन्त मौसमको आगमनमा पलाएका पालुवाहरु,
फुल्न तयार भएका कोपिलाहरु,
भमराको त्यो भुन भुन आवाज सँगै
उडेका मेरा मनका बहहरु
अनि, मनमगन यो पारिलो मौसम
देख्दा लाग्छ, बिना डर
चरी सँगै उडु,
भमरासँगै गीत गाउँ,
हिमाल सँगै हासु,
अनि, त्यो मुस्कानसँगै,
कामना गर्छु, तिनै शक्तिशालीसँग
सारा संसारभर खुसि फैलियोस्
मात्र खुसी फैलियोस्…

दौघा गुल्मी
हाल: किर्तीपुर्, काठमाडौँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *