चैत्र १५ देखि २१ गतेसम्मकाे साप्ताहिक राशिफल हेर्नुस्, प्रसिद्ध भैरवस्थान मन्दिर दर्शन गर्नुस्

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
तो सप्ताह धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । श्रमको उचित मुल्याङ्कन हुनेछ । आँटेको र ताकेकोकार्य पुरा होला । प्रेममा मधुरता छाउला । साताको उत्तरार्धबाट आर्थिक कारोवारमा मन्दी आउनेछ । सामान हराउने योगपनि छ । स्वास्थ्य प्रति सजक रहनु होला । यो साताका लागि शुभअङ्क २,६ र शुभरङ्ग आकासे वा गुलाबी हो । शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शनगरी कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो साता मानसिक चिन्ता वढ्नेछ । नाक तथा घाँटीमा समस्या आउन सक्छ । चोटपटकको भयछ सचेत रहनुहोला । कार्य सम्पादनमापनि समस्या आउला । मंगलवारबाट सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । धार्मिक तथा समाजसेवामा मनलाग्नेछ । यो साताका लागि शुभअङ्क ३,६ र शुभरङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको आरधना गरी कार्य आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
महिला वा मित्रबाट सहयोग मिल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । साताको अन्त्यमा चुनौतीको सामना गर्नुपर्ला । अनावश्यक ठाउँमा धन खर्च होला । खानपान र स्वास्थ्यप्रति सजक रहनु होला । यो साताका लागि शुभअङ्क ६,९ र शुभरङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहको स्मरणगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो साता धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । मित्र र विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । यो साताका लागि शुभअङ्क १,७ र शुभरङ्ग नीलो वा घिउरङ्ग हो । शुभकर्म गर्नु पूर्व महाकालीको आरधनागरी यात्रा गर्दा सफलता प्राप्त हुनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । साताको अन्त्यमा व्यस्तता बढ्नुका साथै सामान हराउन सक्नेछ । संक्रमण र अन्य रोगबाट बच्न साबुन पानीले राम्ररी हात धुनुहोला । यो साताका लागि शुभअङ्क ३,९ र शुभरङ्ग सेतो वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
स्वस्थयमा समस्या हुनसक्छ त्यसैले संक्रमणबाट आफूपनि बच्ने र अरूलाईपनि बचाउन सहयोग गर्नु होला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । बुधवारबाट साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । यो साताका लागि शुभअङ्क ३,७ र शुभरङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको ध्यान गरी कार्य आरम्भ गर्दा शुभफल मिल्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आकस्मिक धन लाभ हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । मान प्रतिष्ठामा बृद्धि होला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । प्रेम जीवन सबल र सफल हुनुका साथै आमदानीका स्रोत बढ्नेछन् । यो साताका लागि शुभअङ्क १,८ र शुभरङ्ग रातो वा हरियो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि बगलामुखीको ध्यान गरी कार्य आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो सप्ताह न्यायिक कार्य र मुद्धा मामिलामा सफलता मिल्नेछ । साथीभाईसंग समय बित्नेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । नयाँ कार्यको अवसर मिल्नेछ । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । यो साताका लागि शुभअङ्क २,६ र शुभरङ्ग वैजनी वा घिउरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो साता मनमा उत्साहका साथै बोली बिक्ने समयछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । चिताएको कामले तीव्रता लिनेछ । शुभकार्यको चर्चा चल्नेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । यो साताका लागि शुभअङ्क २,७ र शुभरङ्ग सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
साताको सुरुका दिनमा अनावश्यक झमेलामा परिएला । दबाब र तनाव बढेको महसुस हुनेछ र केहि अफ्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला । सोमवारबाट अवसर आउनाले मन प्रसन्न रहनेछ । संक्रमण र अन्य रोगबाट बच्न साबुन पानीले राम्ररी हात धुनुहोला र खनपनमा विचार पुर्याउनु होला । यो साताका लागि शुभअङ्क २,७ र शुभरङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व महासरस्वतीको दर्शन गरे सफलता मिल्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो साता जोश जाँगर र हिम्मत बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । साताको मध्यमा सरकारी निकाएको भय रहला । नियमित खर्चसमेत बढ्ने योग छ । यो साताका लागि शुभअङ्क ३,५ र शुभरङ्ग सिन्दुरे वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको दर्शनगरी यात्रा आरम्भ गर्दा सफलता मिल्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
सामाजिक कार्यमा रुची बढ्नेछ । पार्टनरमा सफलता मिल्नेछ । प्यारोसाथी संग भेट होला । महत्वपूर्ण कामको थालनी हुनेछ । शिक्षामा सफलता मिल्नेछ । आफन्त संग समय बित्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मनोरञ्जनमा सहभागीता भइएला । यो साताका लागि शुभअङ्क ७,९ र शुभरङ्ग गुलाबी वा घिउरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको स्मरणगरी कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *