प्रदेश १ का नेकपा सांसदले कोरोना नियन्त्रण एवं उपचार कोषमा सहयोग गर्ने

बिराटनगर । प्रदेश नं १ का नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेशसभाका ५६ जना सांसदले एक महिनामा पाउने पारिश्रमिको आधा रकम कोभिड–१९ उपचार, रोकथाम एवं नियन्त्रण कोषमा जम्मा गर्ने घोषणा गरेका छन् । सो दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले कोरोना जस्ता महामारीलाई फैलिन नदिन र उपचारमा सहयोग पु¥याउने उद्देश्यले जनही आधा महिनाको पारिश्रमिक दिने घोषणा गरेको जानकारी दिनुभयो ।

यसैगरी समाजवादी पार्टीका संसदीय दलका नेता जयराम यादवले सो कोषमा आफ्नो एक महिनाको पारिश्रमिक दिने घोषणा गर्नुभयो भने सोही पार्टीका सांसद रामचन्द्र लिम्बू, राधा थापा र राप्रपाका इन्दिरा राई तथा सङ्घीय लोकतान्त्रिक मञ्चका सांसद विष्णु तुम्बाहाम्फेले जनहीे १० दिनको पारिश्रमिक कोषमा जम्मा गर्ने घोषणा गरेको सांसद रामचन्द्र लिम्बूले जानकारी दिनुभयो ।

प्रदेश नं १ को सरकारले कोभिड–१९ नियन्त्रण तथा रोकथाम गर्नका लागि रु १० करोडको कोष खडा गर्ने निर्णयपछि कोषमा रकम वृद्धि भइरहेको छ । सो कोषमा मुख्यमन्त्रीसहित मन्त्री तथा राज्यमन्त्रीहरुले पनि एक÷एक महिनाको तलब जम्मा गर्ने घोषणा भइसकेको छ । सो कोषमा प्रदेश नं १ को प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, सभामुख प्रदीपकुमार भण्डारी, उपसभामुख सरस्वती पोखरेलले एक÷एक महिनाको तलब जम्मा गर्ने घोषणापछि नेपाली काँग्रेस संसदीय दल प्रदेश नं १ का २१ जना सांसदले पन्ध्र÷पन्ध्र दिनको तलब कोषमा जम्मा गर्ने निर्णय भएको सो दलका नेता राजीव कोइरालाले जानकारी दिनुभएको थियो ।

सोही कोषलाई बलियो एवं प्रभावकारी बनाउन स्थानीय समाजसेवी एवं उद्योगी राजेन्द्र राउतले पनि रु ११ लाख कोषमा जम्मा गरिदिने घोषणापछि निजीस्तरबाट पनि कोषमा रकम जम्मा हुने विश्वास बढ्न थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *