What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

बडिगाड ६ मा विपत व्यवस्थापन कोषको स्थापना
What To Know
- बिशेषगरि कोरोना भाइरसको सम्भावित जोखिमलाई न्यूनीकरण गर्नका लागि होम क्वारेन्टाइनमै बसेर लकडाउनको आचारसंहितालाई पूर्ण पालना गर्नु पर्ने एवं वडाभित्र वाहिरबाट आउने व्यक्तिलाई आ–आफ्ना गाँउ टोलमा विशेष निगरानी गरेर उनीहरुलाई क्वारेन्टाइनमै राख्ने व्यवस्था मिलाउन वडा सबै टोल विकास मार्फत पहल भइरहेको वडाअध्यक्ष क्षेत्रीले बताए ।.
- साथै वडा कार्यालयले गरिव एवं विपन्न परिवारलाई खाद्यान्न सामग्रीहरु र राहत उपलब्ध गराउने उद्देश्यले वडाका सबै टोल विकास प्रमुख मार्फत राहत कोषको खडा गरिएको र हाल रु.
कौरव खत्री
बाग्लुङ । कोरोना भाइरस ( कोभिड-१९) को प्रभावलाई मध्यनजर गर्दै बडिगाड गाउँपालिका वडा न. ६ बाग्लुङ्गले विपत व्यवस्थापन कोषको स्थापना गरेकाे छ । काेषमा स्वच्छिक रूपमा रकम जम्मा गर्ने व्यवस्था गरिएकाे बडिगाड गाँउपालिका ६ का वडाअध्यक्ष मौषमकाजी क्षेत्रीले जानकारी दिए ।
विश्वब्यापी महामारीका रूपमा फैलिएकाे कोभिड १९ को बारेमा गाँउ टोलहरु तथा आम सर्वसाधारणहरुमा सामाजिक सञ्जाल मिडिया मार्फत चेतनामुलक सन्देश जारी गरिएको वडाअध्यक्ष क्षेत्रीले जानकारी दिए ।
बिशेषगरि कोरोना भाइरसको सम्भावित जोखिमलाई न्यूनीकरण गर्नका लागि होम क्वारेन्टाइनमै बसेर लकडाउनको आचारसंहितालाई पूर्ण पालना गर्नु पर्ने एवं वडाभित्र वाहिरबाट आउने व्यक्तिलाई आ–आफ्ना गाँउ टोलमा विशेष निगरानी गरेर उनीहरुलाई क्वारेन्टाइनमै राख्ने व्यवस्था मिलाउन वडा सबै टोल विकास मार्फत पहल भइरहेको वडाअध्यक्ष क्षेत्रीले बताए ।
साथै वडा कार्यालयले गरिव एवं विपन्न परिवारलाई खाद्यान्न सामग्रीहरु र राहत उपलब्ध गराउने उद्देश्यले वडाका सबै टोल विकास प्रमुख मार्फत राहत कोषको खडा गरिएको र हाल रु.१६ हजार तथा शिखर पावर कम्पनीले २५ हजार गरि जम्मा ४१ हजार बोल रकम भएकोे वडाअध्यक्ष क्षेत्रीले जानकारी दिए ।