काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
कांग्रेस किन उभियो जोशीका पक्षमा ? यस्ता छन् ४ कारण
काठमाडौ । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई सत्ता पक्षका १० सांसदको दुइ तिहाइ मतले अस्वीकार गर्नुअघि नै संसदीय सुनुवाइ बिशेष समितिमा रहेका कांग्रेसका चार सांसद जोशीको पक्षमा थिए । जोशीको संसदीय सुनुवाइ सकिएलगत्तै वसेको शुक्रवार अघिका विभिन्न पाँच बैठकमा कांग्रेसका सांसदहरु जोशीलाई जसरी पनि अनुमोदन गर्ने पक्षमा थिए । अाजकाे राजधानी दैनिकमा समाचार छ ।
यसका पछि मुलत चार कारण छन् ।
पहिलो जोशी तात्कालीन पुनरावेदन अदालतको न्यायाधीशमा नियुक्त हुनुअघि नेपाल ल क्याम्पसमा अध्यापन गराउथे । सो समय र त्यसअघिसमेत कांग्रेस पार्टीप्रति झुकाव राख्थे । बिद्यार्थी काल र जागिरको करिअर शुरु हुँदासम्म पनि उनी कांग्रेस कार्यकर्ताका रुपमा चिनिन्थे । जसका कारण कांग्रेसको उनीप्रति वलियो झुकाव थियो ।
दोस्रो २०७१ सालमा जोशी पहिलोपटक सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भइ संसदीय सुनुवाइको कठघरमा उभिदापनि कांग्रेसले उनको पक्षमा मतदान गरेको थियो । जवकी हालको नेकपा तात्कालीन एमाले र एकीकृत नेकपा माओबादीसहितका पाँच दल जोशीको विपक्षमा उभिएका थिए । पहिला अनुमोदन गरेर अहिले नगर्नुपर्ने नयाँ कारण जोशीका हकमा बिकशित भएका थिएनन ।
उनी पुनरावेदन अदालतको न्यायाधीश हुदै उनका आदेश , फैसला र निर्णय मात्र बिवादमा वढी देखिएका छन् ।
तेस्रो नेपाली कांग्रेसले संसदीय सुनुवाइको इतिहासमै कुनैपनि व्यक्ति र पदाधिकारी बिरुद्ध मतदान गरेको छैन । २०७१ सालमा आठ जना न्यायाधीशको अत्यन्त बिवादीत सुनुवाइपछि समेत कांग्रेस प्रस्तावित आठै जना न्यायाधीशको पक्षमा उभिएको थियो ।
उसले संवैधानिक अंगका प्रमुख र पदाधिकारीदेखि राजदुतसम्मका कसैलाइ समितिमा अस्वीकार गर्नेगरी बिपक्षमा मत जाहेर गरेको इतिहास छैन ।
चौथो कारण, हाल सत्ता पक्षले लगाउदै आएको जोशीको कार्यक्षमता र शैक्षिक प्रमाणपत्र बिवादमा उसको असहमति थियो । उसले संवैधानिक परिषदले जोशीको कार्यक्षमता, नैतिकता, र इमान्दारिता हेरिसकेको कारण सुनुवाइ समितिबाट जोशीलाइ बहिष्कार गर्नुपर्ने कारण देखेन ।
जसलाइ कांग्रेसले मतदान बहिष्कार गर्नुपर्ने कारणमा समेत उल्लेख गरेको छ ।
जोशी अस्वीकृत भएपछि कांग्रेसले के भन्यो हेर्नुहोस जस्ताको तस्तै ।