मार्मिक कथाः खसीकाे भाग्य

एक पटक एउटा किसानको घोडा बिरामी भएछ । उसले त्यसको उपचारको लागि डाक्टरलाई बोलायो । डाक्टरले घोडालाई राम्रोसँग नियाल्दै भने ” तपाईँको घोडालाई धेरै गम्भीर राेगले समातेको छ । मैले तीन दिनसम्म यसलाई औषधि दिएर हेर्छु । यदि ठिक भयो भने ठिकै छ नत्रभने यसलाई हामीले मार्नुपर्छ किनकी यसको राेग अरु जनावरहरुमा पनि सर्न सक्छ । “

यो सबै कुराकानी छेउमै बसेको एउटा खसीले पनि सुनिरहेको थियो ।
अर्को दिन डाक्टर आए र औषधि दिएर फर्किए ।

ऊ  गइसकेपछि खसी घोडाको छेउमा गयो र भन्यो ” उठ साथी हिम्मत गर नत्र यिनीहरुले तिमीलाई मारिदिन्छन् ”
दोस्रो दिन फेरि डाक्टर आए र औषधि दिएर फर्किए । खसी फेरि घोडाको छेउमा गयो र भन्यो ” साथी तिमीलाई उठ्नैपर्छ, हिम्मत गर, नत्रभने तिमी मारिन्छौ । म तिमीलाई सहयाेग गर्छु ल उठ । ”
तेस्रो दिन जब डाक्टर आए तब किसानलाई भने, ” मलाई अफसोच छ अब यसलाई मार्नुपर्छ किनकी कुनैपनि सुधार नजर आइरहेको छैन । “

जब डाक्टर त्यहाँबाट गए, तब त्यो खसी फेरि घोडाको छेउमा गयो र भन्यो ” देख्यौ साथी, अब तिम्रो लागि गर या मर भन्ने स्थिती आइसकेको छ । त्यसैले हिम्मत गर उठ्ने । यदि तिमी आज उठ्न सकेनौ भने जरूर मारिन्छौ । त्यसैले हिम्मत गर, एक पटक उठ्ने प्रयास गर ।

घोडा जुरुक्क उठ्छ,
खसीले भन्छ, ‘ हो ! स्याबास, अब भागेर हेर तेज अझै तेज । स्याबास !
त्यतिकै मा किसान आउँछ र उसले देख्छ कि घोडा अब उठेर दौडिरहेको छ। ऊ खुशीले नाच्न थाल्यो र घर परिवार र छिमेकीलाई जम्मा गरेर खुशिले चिच्याउन थाल्यो “चमत्कार भयो, मेरो घोडा ठीक भयो, यसको खुसीमा हामीले उत्सब पार्टी मनाउनुपर्छ, आज घरको खसी काट्छु र सबैलाई खसीको बिर्यानी खुवाउँछु ।”

खसी काटिन्छ र भव्य भोज हुन्छ।

जस्ले अरुको भलो गर्दै हिँड्छ उसैलाई झन् ठूलो बज्रपात परेको हुन्छ यहाँ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *