बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

विराटनगरमा विभत्स अवस्थामा युवतीको शव भेटियो
विराटनगर । प्रदेशको अस्थायी राजधानी विराटनगरको वडानम्बर १४ जतुवामा एक युवतीको शव नग्न अवस्थामा भेटिएको छ । जतुवा नहर छेउको रेल्वे ट्रयाकको कल्र्भटमा अन्दाजी २२ बर्षिय युवतीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
स्थानीयबासीले दिएको सूचनापछि पुगेको प्रहरीले शवको मुचुल्का उठाएर पोष्टमार्टमकालागि कोशी अंचल अस्पताल पठाएको छ । तराईमुलको जस्तो देखिने युवतीको शवको हालसम्म सनाखत हुन नसकेको मोरङ प्रहरीका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । नेपाल समाचारपत्रमा समाचार छ ।
शव कपडाविहीन अवस्थामा भेटिएकोले घटना घटाएर अघिल्लो रात सो ठांउमा फालिएको हुनसक्ने आशंका गरिएको छ । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।