गलकोट (बागलुङ) । गीतसङ्गीत क्षेत्रमा हालैमात्र एकाएक चर्चामा आएको नाम हो सिम्रन परियार । १८ वर्षीया गायिका परियारले एक हप्तामै १४ गीत मात्रै रेकर्ड गराइनन्,…

पूर्व राजा ज्ञानेन्द्र शाहका नातेदार जुवाको खालबाट पक्राउ
काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहको सौताने पट्टिको दाई रविन्द्र शाहको नातेदार रहेका काजु शाहले कलंकीमा जुवाको अड्डा संचालन गरेको खुलेको छ । काठमाडौं महानगरपालिका–१४ कलंकी लाम्पाटी बस्ने नानु शाहको घरमा बस्दै आएका उनका ५५ वर्षीय भाई काजु शाहले आफ्नै कोठामा जुवातास खेलाएको खुलेको हो ।
प्रहरीले जुवा खेलाई रहेको अवस्थामा सोही ठाउँ बस्ने ६७ वर्षीय रवि राना सहित ९ जनालाई नगद ३० हजार ९ सय २५ रुपैयाँ र ३ बुक तास सहित बिहीबार प्रहरीले पक्राउ गरेपछि उक्त कुरा बाहिर आएको छ । यस विषयमा अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।