काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
सिंहदरबारमा कर्मचारीको आन्दोलन
काठमाडौं । विभिन्न मन्त्रालयमा कार्यरत करिब ३२ हजार अस्थायी, करार तथा ज्यालादारी कर्मचारीले जागिर धरापमा परेको भन्दै त्यसका विरुद्ध ती कर्मचारीले सिंहदरबार ठप्प पार्ने बताएका छन् ।
बर्षौंदेखि विभिन्न मन्त्रालयमा कार्यरत कर्मचारीलाई सरकारले अवकाश दिएपछि त्यसविरुद्धमा चरणवद्ध आन्दोलन गर्दै आएका उनीहरुले सरकारलाई पाँचदिने अल्टिमेटम दिएका छन् ।
त्यति गर्दा पनि माग सुनुवाई नभए सरकारी सवारीसाधन सञ्चालनमा रोक लगाउने समेत अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी श्रमिक संघले बताएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।