बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

२५ लाख धरौटीमा छुटे नक्कली नाेट छाप्ने लुट फिल्मका निर्माता
काठमाडौँ । नक्कली नोट छापेको आरोपमा जेठ २ मा पक्राउ परेका लुट फिल्मका निर्माता माधवराज वाग्ले पाटन उच्च अदालतको आदेशमा २५ लाख रुपैयाँ धरौटीमा छुटेका छन् । अदालतले वाग्लेसँगै पक्राउ परेका कला निर्देशक महेन्द्र बोगटीलाई ३ लाख र कला सहयोगी सुदीप घिसिङलाई १० लाख रुपैयाँ धरौटीमा छाडेको हो । अाजकाे कान्तिपुर दैनिकमा समाचार छ ।
प्रहरी परिसर काठमाडौंले उनीहरूविरुद्ध नक्कली नोट छापेको अभियोगमा २ करोड ६३ लाख बिगो कायम गर्दै खोटा चलन मुद्दा दायर गरेको थियो । काठमाडौं जिल्ला अदालतले जेठ २९ मा अभियोग दायर गरिएका ६ मध्ये तीनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । सोही मुद्दामा पक्राउ परेका प्रकाश सुवेदी र दीपक नापित भने एक–एक लाख धरौटीमा र साजन भुलुन साधारण तारेखमा छुटेका थिए ।
चलचित्र ‘चंगा चेट’ का निम्ति छापिएको नक्कली नोट फिल्म निर्माणका सदस्यले बजारमा लगेर दुरुपयोग गरेपछि घटना बाहिर आएको थियो ।