प्रधानन्यायाधीशमा जोशीलाई अस्वीकार गर्नुका छ कारण

काठमाडौँ । संसदीय सुनुवाई बिशेष समितिले प्रधानन्यायाधीशमा दुई तिहाई बहुमतबाट अस्वीकृत गर्दा छ वटा कारण उल्लेख गरेका छन् । समितिका सदस्य योगेश भट्टराईले ति कारणहरु सञ्चारकर्मी समक्ष प्रस्तुत गरेका हुन् । अाजकाे कान्तिपुर दैनिकमा समाचार छ ।

जोशी अस्वीकृत गरिनुका छ कारणहरु:
१. प्रधानन्यायाधीको पदमा रहेर न्यायलयको नेतृत्व गर्ने सम्बन्धमा ठोस कार्ययोजना प्रस्तुत गर्न नसकेको।

२. आम नागरिकबाट सार्वजनिक रुपमा उठेका र समितिका सदस्यहरुले उनको आचरण, इमान्दारिता र कार्यक्षमताका सम्बन्धमा उठाइएका प्रश्नहरुको सन्तोषजनक उत्तर दिन नसकेको।

३. शैक्षिक प्रमाणपत्रहरु सन्देहात्मक रहनुका साथै जन्ममिति समेत फरकफरक उल्लेख रहेको विवादित सन्दर्भमा यथेष्ट प्रमाण पेश गर्न र सन्तोषजनक उत्तर दिन नसकेको।
४. सार्वजनिक आचरण, व्यवहार र विगतको काम कारवाहीको सम्बन्धमा न्यायाधीशहरुबाट नै लिखित रुपमा टिप्पणी गरेको पाइएको।

५. सर्वोच्च अदालतमा रही कामकारवाही गर्दा नेपालको न्याय प्रणालीलाई योगदान दिएको दृष्टान्त दिन सकिने काम गर्न नसकेको।

६. निजको कामबाट नेपालको न्यायालय, सक्षम, स्वच्छ र विकृति बिहीन हुन्छ भन्ने विषयमा यस समितिका सदस्यहरु सन्तुष्ट हुन नसकेको।

यि छ वटा कारण उल्लेख गर्दै ‘नेपालको प्रधानन्यायाधीश जस्तो गरिमामय पदको जिम्मेवारी दिन उपयुक्त हुने कुनै पनि आधार समितिले नपाएको’ समितिको निर्णयमा उल्लेख छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *