नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

दुबईबाट आएका अर्का एक नेपाली पनि कोरोना संक्रमित भएकाे पुष्टी
काठमाडाैँ । कोरोना भाइरस (कोभिडा१९) को चौथो संक्रमित भेटिएका छन । संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा रहेका छन् ।
हाल उनको अवस्था सामान्य रहेकाे बताइएकाे छ । उनी ३४ वर्षका नेपाली पुरूष रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अायाेजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिनुभयाे ।
प्रवक्ता देवकोटाले संक्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गर्नुभएकाे छ । दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए ।
यसअघि नेपालमा तीन जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।