काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना सङ्क्रमण भएको पुष्टि
बीबीसी । ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोनाभाइरस सङ्क्रमण भएको डाउनिङ्ग स्ट्रीटले जनाएको छ। जोनसनले आफूलाई कोरोनाभाइरसका हल्का लक्षणहरू देखिएको र डाउनिङ्ग स्ट्रीटमै एक्लिएर बस्ने बताएका छन्।
एउटा वक्तव्यमा भनिएको छः “इङ्ल्यान्डका प्रमुख मेडिकल अधिकृतको व्यक्तिगत सुझावका आधारमा उनको जाँच गरिएको थियो।”
Over the last 24 hours I have developed mild symptoms and tested positive for coronavirus.
I am now self-isolating, but I will continue to lead the government’s response via video-conference as we fight this virus.
Together we will beat this. #StayHomeSaveLives pic.twitter.com/9Te6aFP0Ri
— Boris Johnson #StayHomeSaveLives (@BorisJohnson) March 27, 2020
यद्यपि जोनसनले अझै यस महामारीसँग जुझिरहेको सरकार चलाइरहने उक्त वक्तव्यमा जनाइएको छ। जोनसनले समेत यसबारे एउटा भिडिओ ट्विट गर्दै ‘एकसाथ भाइरसलाई परास्त गर्ने’ बताएका छन्।
उनको जाँच डाउनिङ स्ट्रीटमै राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसका कर्मचारीहरूले गरेका थिए। ब्रिटेनभरि ११ हजार ६ सय जनाभन्दा बढी कोरोनाभाइरसका घटना पुष्टि भएकामा हालसम्म ५७८ जनाले ज्यान गुमाएका छन्।