सारा विश्वलाई स्तब्ध पार्ने इटालीको हृदयविदारक चिट्ठी, जीन्दगी रह्यो भने फेरि भेटौँला !

एजेन्सी । चीनको वुहान शहरबाट गत डिसेम्बर अन्तिमतिर देखिएको कोरोना भाइरसले इटाली, अमेरिका, स्पेन, ब्रिटेन लगायतका देशहरुलाई नराम्रोसँग प्रभाव पारेको छ । यी देशहरुमा दिनहुँ जसो सयौँ मानिस मरिरहेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार सारा दुनियाँलाई आक्रान्त बनाएको कोरोना भाइरसलाई शुरुका दिनमा इटालीले निकै हल्का रुपमा लियो । कोरोना भाइरसबाट सङ्क्रमितहरु देखिइसक्दा पनि इटलीमा मानिसहरु एकअर्काबीच मिलिरहे सार्वजनिक सवारी चलिरहे भने भिडभाड हुने ठाउँहरु पनि निर्वाध रूपमा सञ्चालन गरियो । जसका कारण दिनानुदिन कोरोना भाइरस फैलिँदै गयो ।

मार्च पहिलो साता इटालीले कडा कदम उठाउन शुरु ग¥यो तर त्यतिबेलासम्म निकै ढिला भइसकेको थियो । इटालीमा कोरोनाका कारण ७ हजार बढी मानिसको मृत्यु भइसकेको छ भने दिनहुँ सयाैँ मानिसले ज्यान गुमाइरहेका छन् हजारौँ मानिस सङ्क्रमित हुँदैछन् ।

इटालीले कोरोना नियन्त्रणका लागि हार मानि सकेको छ । इटालीको यो हालत अन्य देशहरुका लागि पनि गतिलो पाठ हो । हेलचक्राइँ गरिरहेका नेपाल जस्ता देशका नागरिकहरुले पनि भोलि यस्तै हबिगत भोग्न नपर्ला भन्न सकिन्न । फेरि एक पटक रोम रोइरहेको छ । रोइरहेको रोम भन्छ जीन्दगी रहेछ भने फेरि भेटौँला । …….

म रोइरहेको बिक्षिप्त इटली हुँ ।
त्यही इटली जसको राजधानी रोमको क्लोजियमको तपाईँ इताहासका किताबहरुमा देख्नुहुन्छ । त्यही इटाली जहाँ पिसाको झुकी मिनार छ । जहाँबाट पास्ता अनि पिज्जा आउँछ । तर आज म कोरोना भाइरसका कारण बिलाप गर्नेवाला देश हुँ । आजका दिनमा मैले मेरा बच्चाहरुलाई मरिरहेको देखिरहेको छु । कहिले ४ सय कहिले ५ सय कहिले ६ सय त कहिले ७ सय जना भन्दा बढी । फिलहाल मेरो गम्भीर रुन्चे अनुहार र यस्तै लासले भरिएका बाकसहरू नै मेरो पहिचान बनेको छ ।

कोरोना भाइरस यसरी फैलिसकेको छ कि मेरा डाक्टरहरु अब डराउन थालेका छन् । लगातार युद्धस्तरमा उपचार गर्नुका बावजुत स्वासका लागि छटपटाइरहका मानिसहरुको बाढी झनझन् उर्लिदै आइरहेको छ । मेरा डाक्टरहरुलाई यो तय गर्न परिरहेको छ कसको ज्यान बचाउने अनि बाँकी कसलाई मर्नका लागि छोडदिने । सुन्नमा भलै यो तितो लागोस तर म यसहदसम्म बाध्य भइसकेको छु ।

३१ जनवरीमा रोममा कोरोना भाइरसको दुई संक्रमित भेटिएपछि चीनसँग फ्लाइट रोक्नेवाला पहिलो युरोपेली देश हुँ । म त्यही इटाली हुँ जसले युरोपमा सबैभन्दा पहिला राष्ट्रिय आपतकाल (नेशनल इमर्जेन्सी) लागू गरेँ । २३ फेब्रुअरीसम्म कोरोना भाइरसका यहाँ १ सय ५० संक्रमित थिए र मेरा कोही नागरिक मरेका थिएनन् । मैले मानिसहरुलाई निकै सावधानी अपनाउन आग्रह गरेँ ।

हामीलाई थाहा छैन कि यो महामारी कति लामो समय चल्छ मेरो दुई सन्देश छ पहिलो आम मानिसहरुका लागि कृपया घर मै बस्नुस् । दोस्रो सन्देश उनीहरुका लागि छ जो हामीलाई सहयोग गर्न चाहनुहुन्छ, हामीलाई नर्स तथा डाक्टरहरुको अत्यन्त आवश्यकता छ । यसका साथै हामीलाई भेन्टिलेटर र बचाउ गर्नेवाला डिस्पोजेवल किटको आवश्यकता छ ।’ स्टेफानो ओजोली, हेड अफ मेडिसिन, बेर्गमो हस्पिटल

तर धेरै मानिसहरुले मेरो आग्रहलाई मानेनन् । यसको ठीक एकमहिनापछि ६३ हजार भन्दा बढी नागरिक यस घातक कोरोना भाइरसबाट संक्रमित भए । महिनादिन भित्रै मैले ६ हजार बढी नागरिक गुमाएँ । मेरो उत्तरी र मध्ये भूभागमा सायद यस्तो कुनै परिवार होला जसले परिवारका कोही न कोही सदस्य कोरोना भाइरसका कारण गुमाएको नहोस् । म ९ मार्चदेखि लक डाउन छु त्यतिबेला कोरोना भाइरसका ९ हजार १ सय ७२ सङ्क्रमित थिए । आज यो ६३ हजारभन्दा बढी छ ।

मैले युरोपमा सबैभन्दा पहिले कडा कदम उठाएँ । तर पनि मेरो यो हालत छ । मानवीय बुद्धी जेसम्म गर्न सक्छ त्यो सबै कुरा मैले गरिरहेको छु तै पनि यो शोक अनि संघर्ष सकिएको छैन । म जान्दछु कि दुनियाँका अरु देशहरु पनि मेरै बाटोमा लाग्दैछन् । मेरो काँपिरहेको स्वरमा यही भन्छु कि रोक्नुस्, बेलैमा आफूलाई सम्हाल्नुस् नत्र बहुत ढिला हुने छ । बस् म यही भन्न चाहान्छु, जीन्दगी रह्यो भने फेरि भेटौँला !

भवदिए, रोम इटाली

(जर्मनीको अन्तर्राष्ट्रिय न्यूज सर्भिस डीडब्लुमा प्रसारित सामाग्री अनुवाद गरिएको)

Leave a Reply

Your email address will not be published. Required fields are marked *