बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

कानुनमन्त्री बने ढकाल, राज्यमन्त्री पद्मा अर्यालकाे बढुवा
काठमाडाैँ । कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद भानुभक्त ढकाल नियुक्त हुनुभएकाे छ । बंगलादेशमा एमबिबिएस पढ्न गएका महिलाहरूको विषयमा दिएको अभिव्यक्ति विवादमा परेर शेरबहादुर तामाङले राजीनामा दिएपछि रिक्त रहेको पदमा ढकाललाई ल्याइएकाे हाे । ढकाल मोरङ ३ बाट निर्वाचित हुनुभएकाे थियाे ।
यस्तै सरकारले वर्तमान स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याललाई भूमि व्यवस्थामन्त्रीमा बढुवा गरिएकाे प्रधानमन्त्री कार्यालय स्राेतले जनाएकाे छ । यसैबीच संघीय समाजवादी फोरम नेपालको भागमा परेको स्वास्थ्य मन्त्रालयमा पनि राज्यमन्त्री थप हुने भएको छ। महोत्तरी ४ बाट निर्वाचित सांसद डा. सुरेन्द्र यादवलाई राज्यमन्त्री बनाउने तयारी रहेको छ।
नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूकाे शपथ आज साढे ४ बजे तय गरिएकाे स्राेतले जनाएकाे छ ।