What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
सांसद निरू पाललार्इ धम्की दिने प्रकरणमा पक्राउ परेका १६ जनामाथि अनुसन्धान शुरू
What To Know
- काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक (एसपी) रामदत्त जोशीको नेतृत्वमा अनुसन्धान समिति नै बनेर छानविन सुरु भएकाे हाे। समितिमा महानगरीय प्रहरी वृत्त, बानेश्वरका डिएसपी गोविन्दराज काफ्ले र प्रहरी निरीक्षक सुरेन्द्र केसी सदस्य छन् ।.
- परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले सांसदमाथि भएको घटनालाई सुक्ष्म रुपले अनुसन्धान र छानबिन गर्न समिति बनाइएको बताउनुभयाे ।.
काठमाडौं । संसदीय सुनुवाई विशेष समितिका सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद् निरुदेवी पाललाई बानेश्वरमा अज्ञात व्यक्तिले दिएको धम्कीको विषयमा अनुसन्धान गर्दा पक्राउ परेका ७५ मध्ये १६ जनामाथि छानविन सुरु गरिएकाे छ।
काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक (एसपी) रामदत्त जोशीको नेतृत्वमा अनुसन्धान समिति नै बनेर छानविन सुरु भएकाे हाे। समितिमा महानगरीय प्रहरी वृत्त, बानेश्वरका डिएसपी गोविन्दराज काफ्ले र प्रहरी निरीक्षक सुरेन्द्र केसी सदस्य छन् ।
परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले सांसदमाथि भएको घटनालाई सुक्ष्म रुपले अनुसन्धान र छानबिन गर्न समिति बनाइएको बताउनुभयाे ।






