What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

यी महिलाले किन आफ्नै ‘आमा’ सँग बिहे गरिन्
What To Know
- लिलिअन र फिलिसको भेट भएको बेलामा अमेरिकाका सबै राज्यमा एलजीबीटीक्यू अर्थात् समलिङ्गी र द्विलिङ्गीसँग भेदभाव गर्ने कानुनहरू थिए। क्यालिफोर्नियाले सन् १९७५ मा समलैङ्गिक सम्बन्धलाई अनुमति दिने कानुन पारित गरेको थियो। उक्त कानुन त्यसको एक वर्षपछि कार्यान्वयनमा आयो।.
- त्यसले एउटा असामान्य स्थिति उत्पन्न गरायो। सन् २००८ मा जब क्यालिफोर्नियाले समलैङ्गिक विवाहलाई अनुमति दियो लिलिअन र फिलिसले विवाह गरे र जीवनसाथी बने। लिलिअन हाँस्दै भन्छिन्, “मलाई लाग्छ पृथ्वीमा अरू कोही पनि जोडीका तुलनामा हाम्रा कानुनी सम्बन्ध धेरै होलान्।”.
एजेन्सी । यो दुई महिलाको असाधारण प्रेमकथा हो। फिलिसले उनकी समलिङ्गी साथी लिलियनलाई धर्मपुत्री बनाएकी थिइन्। उनीहरूको कथामा आउने कैयौँ मोडमध्ये यो एउटा थियो। सन् १९७१ मा महिलामुक्ति आन्दोलनको प्रारम्भिक वर्षमा क्यालिफोर्निया स्टेट युनिभर्सिटीकी प्राध्यापक लिलिअन फेडर्मनले केन्द्रकी प्राज्ञिक निर्देशक फिलिस इर्विनसँग सम्पर्क गरिन्।
सुरुमा एउटा नयाँ शैक्षिक कार्यक्रम थाल्ने विषयमा कुराकानी भयो। तर यो आधा शताब्दीसम्म चल्ने एउटा प्रेमकथाको प्रारम्भिक बिन्दु पनि थियो। उनीहरूको कथामा आमाछोरीको सम्बन्ध र विवाहको कुरा पनि छ।
लिलिअन र फिलिसको भेट भएको बेलामा अमेरिकाका सबै राज्यमा एलजीबीटीक्यू अर्थात् समलिङ्गी र द्विलिङ्गीसँग भेदभाव गर्ने कानुनहरू थिए। क्यालिफोर्नियाले सन् १९७५ मा समलैङ्गिक सम्बन्धलाई अनुमति दिने कानुन पारित गरेको थियो। उक्त कानुन त्यसको एक वर्षपछि कार्यान्वयनमा आयो।
बीबीसी विश्व सेवाको रेडिओ कार्यक्रम आउटलुकलाई लिलियनले भनिन्, “हामी देशका लगभग सबै क्षेत्रमा अपराधी मानिन्थ्यौँ। अधिकांश समलिङ्गी महिला लुकेर बस्थे।”
सामान्य जीवन
यद्यपि उनीहरू एउटा परिवार चाहन्थे। कानुनी द्विविधाका बीच उनीहरूले एउटा असामान्य समाधान निकाले। त्यस बेला झन्डै ५० वर्ष पुगेकी फिलिसले ३० वर्षजति पुगेकी आफ्नी समलिङ्गी साथीलाई कानुनी रूपमा धर्मपुत्री बनाइन्।
त्यसले एउटा असामान्य स्थिति उत्पन्न गरायो। सन् २००८ मा जब क्यालिफोर्नियाले समलैङ्गिक विवाहलाई अनुमति दियो लिलिअन र फिलिसले विवाह गरे र जीवनसाथी बने। लिलिअन हाँस्दै भन्छिन्, “मलाई लाग्छ पृथ्वीमा अरू कोही पनि जोडीका तुलनामा हाम्रा कानुनी सम्बन्ध धेरै होलान्।”
सुटुक्क सम्बन्ध
उनीहरूले भेटघाट गर्न थाल्दा उनीहरूले समलिङ्गीका रूपमा आफ्नो परिचय खुलाएका थिएनन्। फिलिस भन्छिन्, “त्यस बेला हामीलाई थाहा थियो कि हामी मौन बस्नुपर्छ र आफ्नो जीवन व्यतीत गर्नुपर्छ।”
तर चाँडै नै विश्वविद्यालयका सहकर्मीहरूले दुई जनाबीच सम्बन्ध भएको शङ्का गरे। लिलिअन भन्छिन्, “उनीहरू हामीलाई ‘फिलियन र लिलिस’ भन्थे किनकि हामी सधैँ सँगै हुन्थ्यौँ।”
“जब मैले महिला समलैङ्गिकताको इतिहासबारे किताब लेख्न सुरु गरेँ त्यसपछि सबैलाई थाहा भयो कि हामी साथी समलिङ्गी साथी हौँ।”
बीबीसीमा प्रकाशित पूरा आलेख पढ्न यहाँ क्लिक गर्नुस्