What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

प्रधानमन्त्री ओलीको ‘स्वास्थ्य अवस्था राम्रो, दोहोरो बोल्न थाले’
What To Know
- काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो स्वास्थ्यस्थिति ‘राम्रो’ रहेको उनको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्। उनको त्रिभुवन विश्वविद्याल शिक्षण अस्पतालमा बुधवार मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनको होस बुधवार साँझमै आएको र अहिले उनी अडेस लागेर बस्न र आफैँ कोल्टे फेर्न सक्ने अवस्थामा भएको एक चिकित्सकले बताए।.
- निदाउने गर्नु भएकाे छ । तर बिउँझिएका बेला उहाँ चिकित्सकहरूले सोधेको प्रश्नको उत्तर दिन सक्ने वा आफूलाई केही लागे भन्न सक्ने अवस्थामा भएको डा.
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो स्वास्थ्यस्थिति ‘राम्रो’ रहेको उनको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्। उनको त्रिभुवन विश्वविद्याल शिक्षण अस्पतालमा बुधवार मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनको होस बुधवार साँझमै आएको र अहिले उनी अडेस लागेर बस्न र आफैँ कोल्टे फेर्न सक्ने अवस्थामा भएको एक चिकित्सकले बताए।
प्रत्यारोपणको नेतृत्व गरेका प्रा. डा. प्रेमराज ज्ञवालीका अनुसार अहिले चलाइएका औषधिका कारण ओली प्राय: निदाउने गर्नु भएकाे छ । तर बिउँझिएका बेला उहाँ चिकित्सकहरूले सोधेको प्रश्नको उत्तर दिन सक्ने वा आफूलाई केही लागे भन्न सक्ने अवस्थामा भएको डा. ज्ञवालीले बताउनुभयाे।
केही दिन सीसीयूमा
रक्तचापसहित ओलीका सबै सूचकाङ्क राम्रो स्थितिमा भएको बताइएको छ। “आज बेलुका सम्ममा बिस्ताराबाट निकाल्न सकिन्छ जस्तो लाग्छ,” डा. ज्ञवाली भन्नुभयाे ।
तर ओलीलाई अझै केही दिन सीसीयूमा राखेर उपचार गरिने उहाँले जानकारी दिनुभयाे। उहाँका अनुसार प्रत्यारोपित मिर्गौलाले कस्तो पिसाब बनायो भन्ने कुराबाट बिरामीको अवस्था राम्रो वा नराम्रो थाहा हुन्छ। साधरणतया मानिसले २४ घण्टाको अवधिमा डेढदेखि दुई लिटर पिसाब फेर्छन्। ओलीले झन्डै ११ लिटर पिसाब फेरिसकेकाे बताइएकाे छ ।