भारतमा पनि रातारात फैलियाे काेराेना भाइरसकाे संक्रमण,

एजेन्सी । कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ३२ सय ८५ पुगेको छ । ८४ वटा मुलुकमा कोरोनाको संक्रमणबाट ९५ हजार ४ सय ८१ जना मानिस संक्रमित भएका छन् ।

कोरोनाबाट चीनमा सबै भन्दा बढी ३ हजार १२ जनाको मृत्यु भएको छ । त्यहाँ ८० हजार ४ सय ३० मानिस संक्रमित भएका छन् । चीन बाहिर १४ वटा मुलुकमा २ सय ७३ जनाको मृत्यु भइसकेको छ । २ सय ७३ मध्ये ६ जनाको डायमण्ड प्रिन्सेस नामक जाहाजमा मृत्यु भएको छ ।

चीन बाहिर सबैभन्दा धेरै इटालीमा १ सय ७ जनाको मृत्यु भएको छ । त्यहाँ एकैदिन २८ जना संक्रमितको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १ सय ७ पुगेको हो । मृत्यु हुनेको संख्या १ सय ७ पुगेसँगै इटालीका सबै बिद्यालयहरु अनिश्चिकालका बन्द गरिएको बीबीसीले जनाएको छ । इटालीमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३ हजार ८९ पुगेको छ ।

इरानमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ९२ पुगेको छ । थप १५ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ९२ पुगेको हो । त्यहाँ २९ सय २२ जनामा संक्रमण देखिएको छ ।

दक्षिण कोरियामा ३५ जनाको मृत्यु भएको छ । संक्रमित हुनेको संख्या अहिलेसम्म ५६ सय २१ छ । अमेरिकामा अन्य २ जना संक्रमितको समेत मृत्यु भएपछि कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । अरु १ सय ५८ जना संक्रमितको अवस्था पनि गम्भिर नै रहेको बताइएको छ ।

जापानमा ६ जना, फ्रान्समा ४ जना, हङकङ, स्पेन, इराक र अष्ट्रेलियामा २÷२ जनाको मृत्यु भएको छ । थाइल्याण्ड, सनमारिनो, फिलिपिन्स र ताइवान १÷१ जनाको मृत्यु भएको छ ।

चीनबाहिर १४ हजार ९ सय २ जनामा कोरोनाको संक्रमण देखिएको छ भने उपचारपछि घर फर्कने मानिसको संख्या ५३ हजार ६ सय ८८ छ ।

क्यालिफोर्निया राज्यमा आपतकाल घोषणा

कोरोनाभाइरसले अमेरिकामा ११ जनाको मृत्यु भएसँगै क्यालिफोर्निया राज्यमा आपतकाल घोषणा गरिएको छ ।क्यालिफोर्नियाको राजधानी साक्रामेन्ट नजिकको अस्पतालमा ७१ वर्षीय एक पुरुषको मृत्यु भएपछि अमेरिकामा मृत्यु हुनेको संख्या ११ पुगेको हो ।

क्यालिफोर्निया राज्यमा पहिलो पटक कोरोना संक्रमितको मृत्यु भएपछि आपतकाल घोषणा भएको हो । अमेरिकी राष्ट्रपति निवास तथा मुख्य कार्यालय ह्वाइट हाउसले कोरोनाको संक्रमण बढ्दै गएपछि बुधबार देशव्यापी रुपमा नै परीक्षणलाई तीव्रता दिने घोषणा गरेको छ । अमेरिकाको १६ राज्यमा एक सय ५९ जनामा कोरोनाको संक्रमण देखिएको अमेरिकी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

भारतमा २९ जनामा संक्रमण

भारतमा २९ जनामा कोरोना भाइरस (कोभिड–१९) भएको पुष्टि भएको छ । भारतमा कोरोनाको संक्रमण फैलिन थालेपछि जनजीवन प्रभावित बनेको छ । अहिलेसम्म २९ जनालाई संक्रमण भइसकेको पुष्टि छ । २६ जना पछिल्लो तीन दिनमा फेला परेका संक्रमित हुन् ।

यसअघि ३ जनामा फेब्रुअरीमा संक्रमण देखिएको थियो । सोमबार २, मंगलबार ८ तथा बुधबार इटालीबाट फर्केका १५ जना र पेटिएमको गुडगाउँमा कामा गर्ने एक १ जनामा कोरोना भाइरस भएको पुष्टि भएको हो । यी कर्मचारी पनि हालै इटालीबाट फर्केका थिए ।

भारतमा कोरोनाको संक्रम फैलिनसक्ने खतरालाई मध्यनजर गर्दै भारत सरकारले १९ नयाँ ल्याब संचालनको तयारी गरेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *