कस्ताे छ प्रधानमन्त्रीलाई मिर्गौला दिने समीक्षाको स्वास्थ्य अवस्था

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दिएकी समीक्षा सङ्ग्रौलाको पनि स्वास्थ्य अवस्था ठिक रहेको त्रिवि शिक्षण अस्पतालले जनाएकाे छ ।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणपछि आज अपराह्न अस्पतालमा उपलब्ध सञ्चारकर्मीलाई जानकारी दिँदै उहाँको स्वास्थ्य अवस्था ठिक रहेको अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाले बताउनुभयाे ।

प्रधानमन्त्री ओलीलाई मिर्गौला दान गरेकी सङ्ग्रौलाको स्वास्थ्य अवस्था पनि ठिक रहेको उहाँले बताउनुभयाे ।  ‘प्रधानमन्त्रीज्यूको स्वास्थ्य स्थिर छ । उहाँको शरीरका सबै सुचाङ्कहरु ठिक अवस्थामा छन् । उहाँको प्रत्यारोपित मिर्गौलाले काम गर्न सुरु गरेको छ,’ कार्यकारी निर्देशक खड्गाले भन्नुभयाे, ‘यस्तै उहाँलाई मिर्गौला दिनुहुने समीक्षा सङ्ग्रौलाको पनि स्वास्थ्यावस्था राम्रो रहेको छ ।’

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *