कोरोनाबाट बच्न सतर्कता अपनाउने कांग्रेसको निर्णय, प्रेस युनियनको तयारी नरोक्न आग्रह

काठमाडौं । नेपाली कांग्रेसले विश्वभर फैलिरहेको कोरोनाभाइरस संक्रमण नेपालमा पनि देखिन सक्ने भन्दै उच्च सतर्कता अपनाउने भएको छ। पार्टीका भेला, सम्मेलन र सभाजस्ता औपचारिक कार्यक्रम अर्को सूचना जारी नहुञ्जेलका लागि स्थगित गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै प्रचार विभाग प्रमुखसमेत रहनुभएका प्रवक्ता शर्माले यस्तो बताउनुभएको हो । सरकार कोरोना भाइरसको सर्तकताका लागि जति चनाखो भएर लाग्नुपर्ने हो त्यसमा लाग्न नसकेको समेत कांगेसले जनाएको छ । पत्रकार सम्मेलनको अवसरमा प्रवत्ता शर्माले भन्नुभयो सरकार हवाए तथा थल मार्गको आवागमनमा जति सर्तक हुनुपर्ने हो,त्यसमा प्रभावकारी काम र सर्तकता हुन सकिरहेको छैन, यसमा कांग्रेस सरकारको ध्यानाकर्षण गर्न चाहन्छ ।

प्रवता शर्माका अनुसार समायोजन बाँकी रहेका जिल्लामा आन्तरिक रूपमा यी काम भने हुनेछन्। ‘समायोजन र १४ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता वितरण र नवीकरणका काम आन्तरिक रूपमा जारी नै रहने उहाँले जानकारी दिनुभयो। त्यस्तै कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको आसन्न महाधिवेशन रोक्ने सन्दर्भमा पार्टीले निर्णय गरि नसकेको भन्दै शर्माले महाधिवेशन तयारीलाई नरोक्न समेत आग्रह गर्नुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *