शिक्षामा लगानी गर्न कञ्जुस्याइँ नगर्ने जनप्रतिनिधिकाे प्रतिवद्धता

जमुना गजुरेल
नुवाकोट । स्थानीय जनप्रतिनिधिहरुले सबैलाई शिक्षाको पहुँचमा पु¥याउन शिक्षामा लगानी गर्न कञ्जुस्याइँ नगर्ने बताएका छन् । असहाय, जेहेन्दार तथा जनजातिको लागि शिक्षा सस्थाको १६ औ वार्षिक उत्सव तथा छैठौँ अधिवेशनका अवसरमा बुधबार आयोजित एक कार्यक्रमा जिल्लाका स्थानीय जनप्रतिनिधिहरुले असहाय वालवालिकाहरुको शिक्षाका लागि विशेष पहल गर्ने बताएका हुन् ।

कल्लेरी डाडामा रहेको संङ्खादेवि माविमा भएको कार्यक्रममा तारकेश्वर गाउँपालिकाका अध्यक्ष रमेश वस्तीले शैक्षिक गुणस्तर र असाहय तथा जेहेन्दार बालबालिकाहरुको शिक्षामा पहुँच पु¥याउन शिक्षामा पर्याप्त बजेट व्यवस्था गर्ने बताउनुभयो । “शिक्षाबाट कोही पनि बन्चित हुनु पर्दैन । शिक्षामा सरकार, राज्यतर्फबाट धेरै सहुलियत भएको छ । गाउँपालिकाले पनि शिक्षामा लगानी गर्न कहिलै कञ्जुस्याइँ गर्ने छैन ।” उहाँले भन्नुभयो । उहाँले आफनो गाउँपालिकामा असहाय, जनजातिहरुका लागि शिक्षा नामक संस्था रहँदा शिक्षामा धेरै फाईदा रहेकोसमेत बताउनुभयो । जेहेन्दार, आफन्त कोही नभएका बालबालिकाहरु, जनजाति, गरीबहरुलाई संस्थाले ठूलो सहयोग गर्ने विश्वास ब्यक्त गर्नुभयो ।

सोही गाउँपालिका उपाध्यक्ष तारादेबी रिमालले अनाथ बालबालिकाहरुलाई शिक्षित बनाउन र शिक्षा प्रदान गर्ने उदेश्यका साथ गठन भएको संस्थाका समाजकै नमुना संस्था भएको बताउनु भयो ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष राममणि अधिकारीले कार्यक्रम अन्तर्गत त्रिशुली अस्पतालका २६ जना बिरामी र देबिघाटस्थित रहेको बृदाश्रममा रहेका ३१ जना बृद्वा, बृद्वाहरुलाई फलफुल वितरण समेत गरिएको जानकारी दिनुभयो ।

वार्षिक उत्सवका अवसरमा तार्केश्वर आधारभुत मा वि स्तरीय लोक नृत्य प्रतियोगिताको आयोजना समेत गरिएको थियो । प्रतियोगितामा पिमल्टार मा वि प्रथम, श्री शंखादेबी मा वि द्वितीय, श्रीकृष्ण मा वि तृतीय र पंचमिलन आधारभूत बिद्यालय सान्त्वना भएको अधिकारीले जानकारी दिनुभयो । प्रतियोगिताका कुल ११ विद्यालये सहभागिता जनाएका थिए । प्रथम हुनेले ८ हजार , द्वितीय हुनेले ६ हजार तृतीय हुनेले ४ हजार र सान्त्वना हुनेले २ हजार नगद पुरस्कार पाएका छन् ।

शर्माको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति

बुधबार भएको संस्थाको छैटौँ अधिवेशनबाट बाबुराम शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा शेषराज शर्मा, सचिवमा नबराज अधिकारी, सह सचिवमा राजाराम अधिकारी र कोषाध्यक्षमा राममणि अधिकारी चयन हुनु भएको छ ।

त्यस्तै अन्य सदस्यहरुमा गोरख बहादुर तामाङ, रबिन्द्र घिमिरे, रमेश घिमिरे,देबकी अधिकारी, सुमिता श्रेष्ठ र कन्चन तामाङ रहेको संस्थाका अध्यक्ष शर्मा अधिकारीले जानकारी दिनुभयो ।

संस्थाले स्थानीय सरकारसँगको सहकार्यमा गाउँपालिकामा रहेको अनाथ बालबालिका तथा बृद्ध, बृद्धा अपाङ्गहरुलाई आवस्यक सहयोग गर्ने लक्ष्य लिएको नवनिर्वाचित अध्यक्ष शर्माले बताउनुभयो ।

त्यस्तै कार्यक्रममा ज्योति विकास बैंक र प्राइम बैंकले संथासँगको सहकार्यमा अनाथ तथा असहाय बालबालिकाको उज्वल भविश्यको लागि आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । ज्योति विकास बैंकले ५० हजार र प्राइम बैंकले १२ हजार बार्षिक रुपमा प्रदान गर्ने छ ।

संस्थाले बिगत ३ वर्ष देखि टुहुरा तथा अनाथ बालबालिकालाई ६ हजारका दरले ९ जनालाई आर्थिक सहयोग प्रदान गर्दै आएको शर्माले जानकारी दिनुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *