हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
लाेकसेवा तयारी : शिक्षा सम्बन्धि २५ वस्तुगत प्रश्नाेत्तर
- राष्ट्रिय परीक्षा वोर्डको स्थापना कहिले भएको थियो ?
वि.सं २०७३ असार १५ - नेपालको तेस्रो विश्व विद्यालय कुन हो ?
काठमाडौँ विश्वविद्यालय - शैक्षिक सत्र २०७४ को तथ्याङ्कअनुसार प्रारम्भिक वालविकासको सहजै दखिने भर्नादर कति पुगेको छ ?
८४.१ प्रतिशत - स्वस्थ असल र नैतिक सामाजिक व्यवहारको विकास कुन तहको शिक्षाको सक्षमता हो ?
आधारभूत - सबैका लागि शिक्षा राष्ट्रिय कार्ययोजना २००१–०१५ले संस्थागत क्षमता सुधारतर्फ कुन कार्यक्रम सञ्चालन गरेको थियो ?
विद्यालय सुधार योजना - विद्यालय क्षेत्र विकास योजना २०१६–२०२३ को कक्षा ११ मा विज्ञान विषयमा विद्यार्थी सङ्ख्या कति प्रतिशत पु¥याउने लक्ष्य लिइएको छ ?
२० प्रतिशत - राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गत शिक्षकहरुका लागि तालिम सञ्चालन गर्ने कार्य कुन निकायले गर्दछ ?
शैक्षिक जनशक्ति विकास केन्द्र - राष्ट्रिय शिक्षा पद्धति योजना २०२८–३२ले कुन तहमा शिक्षक विद्यार्थी अनुपात १ः१५ कायम गरेको थियो ?
उच्च शिक्षा - राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०४९ ले कम्तिमा कतिओटा बहुअपाङ्गका लागि समाहित विद्यालय खोल्ने सिफारिस गरेको थियो ?
प्रत्यक क्षेत्रमा १÷१ ओटा - कक्षा ८ सम्म पढ्न जान विद्यार्थीहरुलाई घरबाट बढी पैदल दुरी नपर्ने व्यवस्था कसले गरेको हो ?
राष्ट्रिय शिक्षा आयोग २०४९ - नेपालमा शिक्षा नीति निर्माणमा देखिएको मुख्य समस्या के हो ?
नीतिगत अस्थिरता, नीतिकोे कार्यान्वयनपक्ष फितलो, नीति कोपृष्ठपोषण कम - खुला तथा दूरशिक्षा नीति २०६३ कार्यान्वयनको पहिलो चरणमा कुन कार्यक्रम सञ्चालन गरिने लक्ष्य राखिएको छ ?
खुला विद्यालय छनोट कार्यविधि निर्देशिका तयार - शिक्षक तालिम नीति कहिले स्वीकृत गरिएको थियो ?
वि.सं २०६३ जेठ २४ गते - बालअधिकार महासन्धि १९८९ले कति वर्षसम्कका लागि बालबालिका मानेको छ ?
१८ वर्ष - विद्यालय शान्तिक्षेत्र जिल्लास्तरीय संयोजन समितिको संयोजक को हुन्छ ?
जिल्ला शिक्षा अधिकारी वा निजले तोकेको अधिकृत - सुस्तःमनिस्थिति भएका बालबालिकाहरुका लागि शिक्षा दिन निर्मल बालविकास केन्द्रको स्थापना कहिले भएको थियो ?
वि.सं २०३७ - दैनिक जीवनमा आइपर्ने समस्या र चुनौतिहरुको सामना गर्ने सिपलाई के भनिन्छ ?
जीपनोपयोगी सिप - शिक्षकको पेसागत विकास कार्यक्रम त्एम् को सुरुवात कहिले भएको थियो ?
आव २०६६÷०६७ - शैक्षिक प्रक्रियाका रुपमा पाठ्यक्रम पाठ्यक्रमका सम्बन्धमा यो को द्वारा प्रचारित विचार हो ?
टाबा - विद्यालय शिक्षामा अक्षरांकन पद्धतिसम्बन्धि कार्यविधिमा कतिओटा ग्रेडहरुको व्यवस्था गरिएको छ ?
९ - माध्यमिक पाठ्यक्रम अनुसार माध्यमिक तहमा प्रतिविषय वार्षिक पठनपाठनका लागि न्यूनतम कति घण्टा समय निर्धारण गरिएको छ ?
१ सय २८ घण्टा - प्राथमिक तहमा निरन्तर विद्यार्थी मूल्याङ्कनका मापदण्ड कतिवटा रहेका छन् ?
५ वटा - जोसुकै परीक्षकले परीक्षण गरेपनि नतिजामा फरक नआउने मूल्याङ्ककन साधनमा कुन गुण रहेको हुन्छ ?
बस्तुगतता - गाउँ नगर शिक्षा योजना मुख्यगरी केमा केन्द्रित हुन्छ ?
शिक्षा पहुँचको सुनिश्चिततामा
Facebook Comments