अर्थमन्त्री खतिवडाले दिए राजीनामा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिनुभएकाे छ । उहाँकाे राष्ट्रियसभा सदस्यको कार्यकाल आज मंगलबार मध्यरातमा सकिँदैछ । त्यसअघि उहाँले अर्थमन्त्रीबाट राजीनामा दिनुभएकाे हाे । सञ्चारमन्त्री गाेकुल बाँस्काेटा कमिसन टेप प्रकरणमा परेर राजीनामा दिएपछि सरकारकाे प्रवक्ताकाे जिम्मा पनि खतिवडालाई नै दिइएकाे थियाे ।

उहाँको राजीनामा राष्ट्रपति कार्यालय पुगिसकेको छ । खतिवडाले राजीनामा दिइ पनि उहाँ पुनः नियुक्त हुने बताइएकाे छ ।

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उच्च स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई संविधानको धारा ७८ अनुसार पुनः अर्थमन्त्री नियुक्त गर्नुहुने छ । धारा ७८ मा संघीय संसदको सदस्य नभएको व्यक्तिलाई मन्त्री नियुक्त गर्न सकिनेछ । र, यसरी नियुक्त मन्त्रीले सपथ लिएको ६ महिनाभित्र संघीय संसदको सदस्यता पाइसक्नु पर्नेछ ।

स्रोतका अनुसार उहाँको पुन: नियुक्ति र सपथ भोलिमात्र हुनेछ । नेकपा  चिवालयले सदस्य बामदेव गाैतमलाई राष्ट्रिय सभा सदस्य बनाउन राष्ट्रपतिकहाँ सिफारिस गर्ने निर्णय यसअघि नै गरिसकेकाले खतिवडाकाे राजीनामालाई चासाेका साथ हेरिएकाे छ । राष्ट्रपतिकाे सिफारिसमा खतिवडा राष्ट्रियसभा सदस्य बन्नु भएकाे थियाे ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *