बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

वसन्तपुरमा चीर ठड्याइयो, शुरु भयाे हाेली
काठमाडाैँ । ऐतिहासिक वसन्तपुरस्थित हनुमानढोका दरबार परिसरमा फागुको चीर ठड्याइएपछि विधिवत् फागु पर्व शुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइत अनुसार आज बिहान ७ः५७ बजे चीरोत्थान गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाका कर्मचारी मिठाराम पुडासैनीले जानकारी दिनुभयो ।
फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरमा चीर ठड्याएपछि उपत्यकामा फागु पर्व सुरु हुने परम्परा छ । फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म फागु पर्व हर्षोल्लासका साथ मनाइन्छ । चीर ठड्याएसँगै वसन्तपुरमा रङ्गीबिरङ्गी रङ खेली खुशी मनाइएको थियो ।
फागुन शुक्ल पूर्णिमाका दिन बेलुकी ७ः११ बजे चीर ढाल्ने साइत समितिले दिएको छ । सोही दिन राति ८ः५१ बजे चीर तानेर टुँडिखेल लगी जलाएपछि फागु पर्व सकिन्छ । यस वर्ष पहाडी जिल्लामा फागुन २६ गते सोमबार र तराईका जिल्लामा फागुन २७ गते मङ्गलबार फागु पर्व मनाइँदैछ ।